• १२ साउन २०८१, शनिबार

विवाहेत्तर सम्बन्धका कारण प्रमीला दमाईको हत्या : प्रहरी

blog

काठमाडौं, माघ २९ गते । काठमाडौँको एक होटलमा यही माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमीला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यसबारेमा जानकारी गराएको हो । माघ २७ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमीला दमाईको शव फेला परेको थियो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दोलखा वैद्येश्वर गाउँपालिका-७ भई अहिले काठमाडौँ डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको बताउनु भयो ।

उहाँले जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँ महानगरपालिका ९ भीमसेनगोलामा मृतक श्रीमान् नसे दमाईंसँग डेरा गर्दै बस्दै आएको बताउनुभयो । एसएसपी खत्रीकाअनुसार प्रमीला र कुमारबिच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो । दुवै विवाहित रहेको प्रहरीले बताएको छ ।

उहाँले भन्नुभयो, ‘‘माघ २७ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित सिरहा–धनुषा होटल एण्ड लजमा भएको घटना हो । जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भई अहिले काठमाडौँ महानगरपालिका ९ भीमसेनगोलामा निजको श्रीमान् नसे दमाईंसँग डेरा गर्दै बस्दै आउनुभएका प्रमीला दमाईको हो भनी पहिचान भएको छ । हामीले प्रतिवादी बनाएका दोलखा वैद्येश्वर गाउँपालिका-७ भई अहिले काठमाडौँ डेरा गरी बस्ने कुमार श्रेष्ठ । दोलखाबाट मेरो साथी भन्ने रेडियो कार्यक्रमबाट भेट भएको ।’’

उहाँले पछिल्लो समय प्रमीलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो ।