राष्ट्रिय सभा बैठक ११ बजे बस्दै
सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आइतबारबाट काठमाडौँमा सुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए ।
नेपाल र क्यानडा भिड्दै
नेपाल—क्यानडा त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको अन्तिम खेल आज हुँदै छ । खेल आज बिहान सवा ९ बजे हुँदै छ । नेपालले यसअघि नै दुई खेलमा जित निकाल्दै क्यानडासँगको शृङ्खलामा २-० सिरिज हात पारिसकेको छ ।
भ्रष्टाचारले राष्ट्रको गरिमा ध्वस्त पार्छ
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रव्रिmयाको सिलसिलेवार प्रणालीलाई समाप्त पार्दै राष्ट्र, जनता र व्यक्तिको मर्यादा,
सडक अलपत्र पार्नेको धरौटी जफत
पर्यटकीय स्थल काँक्रेविहार पुग्ने सडक वर्षौंदेखि अलपत्र पारेपछि निर्माण कम्पनीको धरौटी रकम जफत गरिएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले अमर–सिस्ने नेपाल–मेघा कम्पनीको अग्रिम भुक्तानी रकम जफत गरेको हो । वीरेन्द्रनगरको मङ्गलगढी चोकबाट लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीयले समेत सास्ती भोग्नु परेको छ । पूर्वाधार विकास निर्देशनालयका सब–इन्जिनियर प्रेमचन्द्र पाण्डेका अनुसार पटक पटक ताकिता गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि धरौटी रकम जफत गरिएको हो । कम्पनीको धरौटीबापतको ८७ लाख रकम जफत गरिएको जनाइएको छ । नियम अनुसार ८७ लाख रकम जफत गरी कम्पनीलाई अब कालो सूचीमा राख्ने तयारी भइरहेको छ ।
कांग्रेस महासमिति बैठक : स्थानीय व्यवस्थापन उपसमितिमा सदस्य थप
नेपाली कांग्रेसको आसन्न महासमिति बैठकको स्थानीय व्यवस्थापन उपसमितिमा दश सदस्य थप गरिएका छन् । कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकमा स्थानीय व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उक्त समितिमा दश सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अख्तियारको सङ्कल्प
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसरमा विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति भ्रष्टाचारविरुद्धको अभियानका लागि सम्मान र प्रोत्साहन हो । यसले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धताका साथ अगाडि बढ्ने हाम्रो सङ्कल्पलाई अझ बलियो बनाएको छ । आयोगले आफ्नो स्थापनाकालदेखि नै प्राप्त गुनासा र उजुरीउपर अनुसन्धान गरी भ्रष्टाचार भएको देखिएमा विशेष अदालतमा मुद्दा दायर गर्ने आफ्नो प्रमुख संवैधानिक जिम्मे
ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’
म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उहाँको भनाइ छ ।
टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच
जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टिकौली जङ्गल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ । मध्यवर्ती र वरण्डाभार क्षेत्रको बीचमा पर्ने जैैविक कोरिडोरसमेत रहेको सो क्षेत्रमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले ट्राफिक सप्ताह २०८० को अवसरमा राजमार्ग क्षेत्रका सडकमा चेकजाँच थालेको हो ।
स्वास्थ्य चौकी भवन हस्तान्तरण
दोलखाको गौरीशङ्कर गाउँपालिका—९ को उत्तरी दुर्गम सिमी गाउँमा नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । एक कार्यक्रमबिच सुविधा सम्पन्न नवनिर्मित सो स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो ।
स्वास्थ्य संस्थाका लागि डेढ सय कर्मचारीको दरबन्दी स्वीकृत
गत पुस २९ गते सुरु भएको पोखरा महानगरपालिकाको १४ औँ नगर सभा आइतबार राति सकिएको छ । सभाले महानगरका स्वास्थ्य संस्थाका लागि एक सय ५४ नयाँ दरबन्दी स्वीकृत गरेको छ ।
‘अग्र अनुहार’ विमोचन
नेपाल पत्रकार महासङ्घका पूर्वाध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ को विमोचन गरिएको छ । नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश समितिले प्रकाशन गरेको पुस्तक आइतबार महासङ्घका वर्तमान अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्ष किशोर नेपाल, तारानाथ दाहाल, डा. महेन्द्र विष्ट, शिव गाउँले, हरिहर विरही, धर्मेन्द्र झालगायतले विमोचन गर्नुभयो । पुस्तकमा नेपाल पत्रकार महासङ्घको नेतृत्व गरिसकेका २२ जना पूर्वध्यक्ष र वर्तमान अध्यक्ष विपुल पोखरेलसहितको जीवनी समेटिएको छ । पुस्तक विमोचनमा बोल्दै महासङ्घका पोखरेलले यस पुस्तकले पत्रकार र पत्रकारिता क्षेत्रको इतिहास बुझ्न थप मद्दत गर्ने बताउनुभयो ।
लोकभजन, चुड्का प्रतिष्ठान गठन
मौलिक संस्कृति संरक्षणका लागि मकवानपुरमा लोकभजन, चुड्का तथा संस्कृति संरक्षण प्रतिष्ठान गठन गरिएको छ । रुक्मिणी सुवेदीको अध्यक्षतामा २१ सदस्यीय प्रतिष्ठानको जिल्ला कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा टेकप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा प्रतीक्षा चौलागाईं, सचिवमा सुभाषचन्द्र कँडेल, सहसचिवमा नानीराम दुलाल, कोषाध्यक्ष रामप्रसाद फुयाँल, सहकोषाध्यक्षमा गहन खतिवडा रहनुभएको छ । कार्यक्रममा विभिन्न खैँजडी, भजन एवं नौमति बाजा समूहले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
चलचित्रमा काम छैन, म्युजिक भिडियोमा व्यस्त
सामाजिक सञ्जाल युट्युब अहिले म्युजिक भिडियोमा अभिनय गर्नेका लागि राम्रो आयआर्जनको स्रोत बनेको छ । यसले कलाकारलाई व्यस्त मात्र बनाएको छैन, म्युजिक भिडियोको निर्माण सङ्ख्यासमेत बढाउने काम गरेको छ । चलचित्र गतिविधि ठप्प भएसँगै बेरोजगार जस्तै भएका कलाकारले पछिल्ला दिनमा छोटो समयको सुटिङमा तयार भएको म्युजिक भिडियोबाट राम्रो आयआर्जन गर्न थालेका छन् ।
एआईको प्रयोग गीतमा
एआई प्रविधिमा निर्माण गरिएको भिडियो ‘तिमी जे बन उदाहरण बन’ ले बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश दिन खोजेको छ । आइतबार सार्वजनिक भएको गीतमा प्रमोद खरेल र डा. त्रिशाला गुरुङको स्वर, मनोज खड्काको शब्द र कल्याण सिंहको सङ्गीत रहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
एक सातादेखि घट्दै सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो । लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार पाँच सय रुपियाँले कमी आएको हो । एक साताको अवधिमा सुनको मूल्य निरन्तर घट्दै गएको तथ्याङ्कले देखाएको छ । महासङ्घका अनुसार गत साता प्रतितोला एक लाख १९ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर एक लाख १८ हजार रुपियाँमा कारोबार भएको हो ।
नेपालमा बाली प्रजनकको अभाव
नेपालमा बाली प्रजनकको जनशक्ति कम रहेकाले बाली प्रजननका लागि गर्नुपर्ने अध्ययन तथा कार्य हुन नसकेको सरोकारवालाहरूले जनाएका छन् । किसानले रैथाने बिउ छाडेर उन्नत जातका बिउ प्रयोगमा ल्याउन थालेको अवस्थामा बाली प्रजननको महत्व अझै बढेको जनाउँदै उनीहरूले प्रजनकको सङ्ख्यामा वृद्धि गर्नुपर्ने कुरामा जोड दिएका छन् । आइतबार आयोजित ‘नेपालमा बाली प्रजनन र आनुवंशिकीको दृष्टिकोण र रणनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सो कुरामा जोड दिएका हुन् । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क) का अनुसार देशभर करिब ९० जनाको हाराहारीमा मात्र बाली प्रजनक सङ्ख्या रहेको छ ।
गन्धर्व बालबालिकालाई सारङ्गी बजाउने तालिम
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गर्नुुभएको थियो ।
उडान विस्तार अभियानमा निगम
नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका गन्तव्यमा प्रतिस्पर्धा गर्न चालु आर्थिक वर्ष २०८०/८१ भित्रै जहाजको सङ्ख्या ११ वटा पुर्याउने तयारी गरेको छ । हाल अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई वटा जहाज रहेको निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने तयारी अनुसार दुई वटा न्यारोबडी भाडामा लिने तयारी गरिरहेको छ भने आन्तरिकतर्फ स्टल रुट (दुर्गम गन्तव्य) मा उडान गर्न तीन वटा जहाज खरिद प्रक्रियाको मूल्याङ्कन भइरहेको छ ।
खाद्य कम्पनीसँग छैन खाद्यान्नको मौज्दात
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग खाद्यान्नको मौज्दात सकिनै लाग्दा जोखिमपूर्ण अवस्थामा पुगेको देखिएको छ । भैपरी आउने प्राकृतिक प्रकोप, बाढीपहिरो, भूकम्प जस्ता विपत्तिमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन पर्याप्त मात्रामा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि कम्पनीसँग न्यून मात्र खाद्यान्न मौज्दात रहेको छ । समयमा खाद्यान्नको मौज्दात पर्याप्त राख्न नसक्दा आपत्कालीन अवस्था आइपरे खाद्यान्नको अभाव हुने देखिएको छ । कम्पनीको मुलुकभर रहेका अधिकांश गोदाम खाली छन् ।
पार्टी तल्लो वर्गसँगको सम्बन्धबाट टाढियो
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले पार्टी तल्लो वर्गसँगको सम्बन्धबाट टाढिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौँको राष्ट्रिय सभा गृहमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा चारमहिने अभियानको रिपोर्टिङ राख्ने नेताहरूले तल्लो वर्गलाई समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने सुझाव दिएका हुन् ।
रामग्राम गुरुयोजना प्रकरण : सम्झौता बदर गर्न निर्देशन
पुरातात्त्विक महत्त्वको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने गरी भएका निर्णय र सम्झौता बदर गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । समितिले सम्झौता प्रतिस्पर्धाविहीन भएको, प्रचलित कानुनी व्यवस्था र प्रक्रियाको पालना नभएको र दीर्घकालीन रूपमा राज्यलाई हानि हुने देखिएको भन्दै बदरको निर्देशन दिएको हो । सम्बन्धित र सरोकारवाला मन्त्रालयले सहमति नदिँदै गलत नियतले सम्झौता गरेको भन्दै समितिले थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले समेत सम्झौता गलत भए पुनरवलोकन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।