सुक्न थाले पानी स्रोत
धनुषाको उत्तरी क्षेत्रमा पानी स्रोत सुक्न थालेका छन् । सामान्यतया चैत वैशाखमा देखिने यस्तो समस्या यस वर्ष भने माघमै देखिन थालेको छ । जिल्लाको उत्तरी क्षेत्र बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकललगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयवासीको गुनासो छ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट राष्ट्रिय सभा गृहमा सुरु हुनेछ । दुई दिन चल्ने बैठकमा जनतासँग माओवादी विशेष अभियानको बारेमा समीक्षा हुनेछ । साथै समसामयिक राजनीति विषयवस्तुमा पनि छलफल हुने बताइएको छ ।
गाउँको स्कुल सहरियाको रोजाइमा
गाउँ नै रित्तो बनाएर अधिकांश अभिभावक आफ्ना बालबालिका पढाउन गाउँबाट सदरमुकामलगायतका सहर केन्द्रित भइरहेका छन् तर रामेछापको दुर्गम गाउँको डहु माध्यमिक विद्यालय भने सहरका विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवस (प्रत्यक्ष प्रसारण)
काठमाडौँ, माघ २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ औँ स्थापना दिवस मनाइ रहेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश हरिप्रसाद प्रधान,प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ ।
खुलेन वडा कार्यालयको ताला
बाजुराको बुढीगङ्गा नगरपालिका–७ मा वडा सचिव नआएको भन्दै माघ ८ गते लगाइएको ताला अझै खुलेको छैन । राजनीतिक दलले वडामा सचिवको माग गर्दै तालाबन्दी गरेको दुई हप्ताभन्दा बढी समय बितेको छ । वडा कार्यालयबाट हुने काम कारबाही प्रभावित बन्दै गएको छ भने स्थानीयवासी आक्रोषित भएका छन् । स्थानीय तहको दोस्रो निर्वाचनपछि अहिलेसम्म सो वडामा सचिव नपठाएकोले तालाबन्दी गरेको नेपाली कांग्रेस बुढीगङ्गा नगरपालिका–७ का वडा सभापति वीरबहादुर केसीले बताउनुभयो ।
स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति
प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालका रूपमा स्तरोन्नति गरिने भएको छ । पञ्चपुरी नगरपालिका–२ स्थित उक्त स्वास्थ्य केन्द्रमा शय्या थपेर स्तरोन्नति गर्न लागिएको हो । सङ्घीय सरकारको लगानीमा १५ शय्याको अस्पताललाई प्रदेश सरकारको लगानीमा ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया थालिएको हो । ५० शय्या थप्नेसँगै स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्यकर्मी नै छाउपडी समस्यामा
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिने महिला स्वास्थ्यकर्मीमाथि नै छाउपडी विभेद हुने गरेको पाइएको छ । महिला स्वास्थ्यकर्मीले डेरा नपाउने, महिनावारी भएका बेला खानेपानीको धारा छुन नपाउने जस्ता विभेद खेप्नु परेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धतिका बारेमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देहीमाडौँ स्वास्थ्य चौकीका इन्चार्ज निर्मला पन्तले महिनावारी भएका बेला पानीको धारा छुन नदिने गरेको पीडा सुनाउनुभयो ।
विद्युतीय आरोले काटेर मृत्यु
आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।
निसीमा खानेपानीको समस्या : बजेट अभावले आयोजना सुरु हुन सकेन
बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन ।
टिपरको ठक्करबाट पौडेलको मृत्यु
झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । शनिवार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दोलखामै पहिलो लङ फङसन टेस्ट सुरु
दोलखाको सदरमुकाम चरिकोटस्थितको च्छोरोल्पा जनरल अस्पताल प्रालिले जिल्लामै पहिलो लङ फङसन टेस्ट ( स्पाई रो मेट्री ) सञ्चालनमा ल्याएको छ । बिरामीमा देखिएको श्वासप्रश्वास रोग दम वा फोक्सोमा हुने अन्य रोग हो भनी पत्ता लगाएर उपचार गर्न सजिलोको लागि यो विधि सञ्चालनमा ल्याइएको अस्पताल प्रमुख डा.विनोद दङगालले जानकारी दिनुभयो ।
बादीकाको भिरमा सडक ढलान भएपछि ......
धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् ।
खानेपानीको महसुल उठ्न सकेन
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब रु ४० लाख उठ्न सकेको छैन । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा नतिर्दा सो रकम उठ्न नसकेको हो ।
पाकिस्तानको बौद्ध सम्पदाको प्रचार नेपालमा
पाकिस्तानमा रहेका बौद्ध सम्पदाबारे नेपालका पर्यटन व्यवसायीलाई जानकारी गराउने उद्देश्यले युवा बौद्ध सङ्घ र नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी सम्पन्न भयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु
ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
बजेट कार्यान्वयनमा सामान्य सुधार
चालु आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिक–पुस) सम्म बजेटमा व्यवस्था गरिएका कार्यक्रमको कार्यान्वयनमा सामान्य सुधार देखिएको छ । नेपाल उद्योग परिसङ्घ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको एक अध्ययनले गत आवको तुलनामा बजेटको कार्यान्वयनले केही गति लिएको देखिएको हो ।
माओवादीमा आन्तरिक निर्वाचनको माग
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टीमा आन्तरिक निर्वाचनको आवाज उठेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा बोल्ने नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर युवालाई आकर्षित गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
अधिकार र दायरा विस्तार आवश्यक
पछिल्लो समय भ्रष्टाचारको जालो समाजको तल्लो तहसम्म फैलिँदै जाँदा त्यसलाई रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हालको भूमिकालाई अझै सशक्त बनाउनुपर्ने विज्ञले औँल्याउनुभएको छ । भ्रष्टाचार निवारण र सुशासन प्रवर्धन गर्न स्थापित आयोग ३३ औँ वर्षमा प्रवेशका सन्दर्भमा विज्ञहरूले त्यस्तो सुझाव दिनुभएको हो । साथै आमनागरिकले भ्रष्टाचारलाई अपराधजन्य क्रियाकलापका रूपमा बुझे पनि यसको निवारणमा सक्रियता नदेखिएको पनि उहाँहरूको गुनासो छ । पूर्वसचिव गोपीनाथ मैनालीले मुलुक सङ्घीयतामा गएपछि स्थानीय तह भ्रष्टाचारको केन्द्र बनेको धारणा व्यक्त गर्दै ग्रामीण भेगसम्म फैलिएको यस्तो जालो तोड्न आयोग मात्रै सक्षम हुने बताउनुभयो ।
रामग्राम गुरुयोजना प्रकरण : सरकारको सहमतिबिनै सम्झौता
रामग्राम गुरुयोजना कार्यान्वयनका लागि नेपाल सरकारबाट स्वीकृति नपाउँदै लुम्बिनी विकास कोष र एक निजी कम्पनीबिच परियोजनाको अध्ययन तथा अनुसन्धानको समझदारी भएको पाइएको छ । गुरुयोजना कार्यान्वयन सम्झौता नभएको दाबी कोषले गरे पनि द प्रमिस्ड ल्यान्ड नामको निजी कम्पनीसँग भएको समझदारीमा आर्थिक स्रोतको खोजी गरी परियोजना सञ्चालनको अधिकार भने दिइएको छ । कोषले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई पठाइएको कागजातमा पनि समझदारीलाई अवधाराणात्मक सम्झौताको दाबी गरिएको छ । गत कात्तिक १३ गते कोष र कम्पनीबिच समझदारी भएको थियो ।
‘मायामा तिम्रै मायामा’
चलचित्र ‘अगस्त्य च्याप्टर १’ को प्रणय दिवसका अवसर पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रवीन्द्र झालगायत देखिनुभएको छ ।
‘सिम्पल सिम्पल कान्छी २’
पुरानो चलचित्र ‘अन्दाज’ मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’ को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छी २’ मा किरण केसी ‘रातामकै’ र दीपाश्री निरौला जोडीका रूपमा देखिनुभएको छ ।
गायनमा मानन्धरको पुनरागमन
नेपाल भाषाका गायक गौतमदास मानन्धरले एक दशकपछि नेपाली सङ्गीत क्षेत्रमा पुनरागमन गर्नुभएको छ । विगत चार दशकअघि नेपाली सङ्गीत क्षेत्रमा पाइला टेकेका मानन्धरले थुप्रै नेपाल भाषाका र करिब १० नेपाली गीत गाएपछि गायनलाई विश्राम दिनुभएको थियो । यद्यपि अहिले उहाँले ‘झिमिक्कै परेली’ भिडियो गीतमार्फत गायनमा फर्किनुभएको छ । मानन्धरले ब्लु बेरी अडियो भिडियो कम्पनीको प्रोडक्सनमा हाइलाइटस् नेपाल च्यानलमार्फ