• १० मंसिर २०८१, सोमबार

गायनमा मानन्धरको पुनरागमन

blog

काठमाडौँ, माघ २८ गते । नेपाल भाषाका गायक गौतमदास मानन्धरले एक दशकपछि नेपाली सङ्गीत क्षेत्रमा पुनरागमन गर्नुभएको छ । विगत चार दशकअघि नेपाली सङ्गीत क्षेत्रमा पाइला टेकेका मानन्धरले थुप्रै नेपाल भाषाका र करिब १० नेपाली गीत गाएपछि गायनलाई विश्राम दिनुभएको थियो । यद्यपि अहिले उहाँले ‘झिमिक्कै परेली’ भिडियो गीतमार्फत गायनमा फर्किनुभएको छ । 

मानन्धरले ब्लु बेरी अडियो भिडियो कम्पनीको प्रोडक्सनमा हाइलाइटस् नेपाल च्यानलमार्फत ‘झिमिक्कै परेली’ भिडियो गीत एक कार्यक्रमबिच सार्वजनिक गर्नुभयो ।