• १२ साउन २०८१, शनिबार

पाकिस्तानको बौद्ध सम्पदाको प्रचार नेपालमा

blog

कार्यक्रममा बोल्नुहुँदै नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मी । तस्बिरः गोरखापत्र

काठमाडौँ, माघ २८ गते । पाकिस्तानमा रहेका बौद्ध सम्पदाबारे नेपालका पर्यटन व्यवसायीलाई जानकारी गराउने उद्देश्यले युवा बौद्ध सङ्घ र नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी सम्पन्न भयो । 

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले नेपाल र पाकिस्तानका जनताबिचको सम्बन्धलाई जोड्न पाकिस्तानका बौद्ध सम्पदा क्षेत्र महत्त्वपूर्ण रहेको बताउनु भयो । 

पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्ति अनुसार राजदूत हास्मीले पाकिस्तान पुरातत्व विभागले युनेस्कोसँगको सहकार्यमा बौद्ध स्थलहरूको उचित र व्यावसायिक रूपमा संरक्षण गरिरहेको छ । विशेष गरी पाकिस्तानको तक्षशिला, चकदारा, मिङगोरा र पेसावर क्षेत्रमा बौद्ध धार्मिक स्थलहरू रहेकाले पाकिस्तानमा बौद्ध धार्मिक पर्यटनको अपार सम्भावना रहेको उहाँले बताउनु भयो ।

यसैबिच, अन्य सहभागी र अनुसन्धानकर्ताले पाकिस्तानमा रहेका बौद्ध सम्पदा स्थलहरूको महत्वलाई स्वीकार गर्दै विशेष गरी नेपालका टुर अपरेटरहरूले बौद्ध धार्मिक पर्यटनका प्याकेजमा यी स्थलहरूको भ्रमणलाई स्थायी रूपमा समावेश गर्न चाहेको जानकारी गराएका थिए ।