उनन्तिस हजार भूकम्प प्रभावितले बुझे पहिलो किस्ताको रकम
रुकुमपश्चिमका भूकम्प प्रभावितको खातामा अस्थायी आवास निर्माणका लागि हालसम्म ७२ करोड ८३ लाख २५ हजार रुपियाँ जम्मा गरिएको छ । २९ हजार १३३ जना लाभग्राहीको खातामा पहिलो किस्ताबापतको अनुदान रकम जम्मा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा ३१ हजार ६२० जना लाभग्राहीको पहिचान भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले लाभग्राही कायम भएका सबैको लागि सम्बन्धित स्थानीय तहको विपत् व्यवस्थापन कोषमा जिल्ला विपत् व्यवस्थापन समितिबाट रकम निकासा पठाइसकिएको बताउनुभयो ।
जेलमा आफन्त परिवारमा कलङ्क
कैलालीको गौरीगङ्गा नगरपालिकामा बस्ने ५५ वर्षीय सीमा (नाम परिवर्तन) का श्रीमान् जबरजस्ती करणीको मुद्दामा जेल गएको छ वर्ष भयो । श्रीमान् जेल गएपछि उहाँका विपत्तिका दिन सुरु भए । छोराकै चिन्ताले वृद्ध ससुरा बित्नुभयो । त्यसको लगत्तै ३० वर्षको जेठा छोराको समेत मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । यसरी लगातार विपत्ति खेप्नुभएकी सीमालाई छरछिमेकी र आफन्तजनको ठुलो आड भरोसा आवश्यक पर्नेमा समाजले उहाँ र उहाँका परिवारलाई छिः छिः दुरदु्र गरिरहेको छ । सीमाले भन्नुभयो, “त्यसै कारण म बिमारीसमेत हुने गरेकी छु । कहिलेकाहीँ बेहोससमेत हुन्छु । कान्छो छोरा ११ कक्षामा पढ्छ ऊ पनि मानसिक समस्यामा छ ।”
सङ्घीय निजामती सेवा विधेयक,पेचिला विषय अझै सुल्झिएनन्
सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई सरकारले संसद्मा दर्ता गर्ने तयारी गरे पनि पेचिलो बनेका मस्यौदाका कतिपय विषय भने अहिले पनि यथावत् नै छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदामा यसअघि सरोकारवालासँग छलफल गरे पनि कतिपय विषय अहिले झनै पेचिलो बन्दै गएका छन् । यसअघि २०७६ सालमा विधेयकको मस्यौदा संसद्मा दर्ता हुँदा सहमति हुन नसकेका कतिपय विषय अहिले पनि यथावत् नै रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सगरमाथामा मलमूत्र छाड्न नपाइने
सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ ।
अबु धाबीमा बन्यो पहिलो हिन्दू मन्दिर
संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा पहिलो हिन्दू मन्दिर निर्माण भएको छ ।
महासंघको इतिहास सच्याउन आग्रह
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको इतिहास सच्याउन आग्रह गरेको छ । २००८ साल वैशाख ९ गते स्थापना भएको महासंघलाई २०१२ साल चैत १६ देखि इतिहास कायम गर्नु गलत भएको फोनिजको भनाइ छ ।
अबरुद्ध हवाइ सेवा सुचारु
दुई दिनदेखि अबरुद्ध हुँदैआएको हुम्ला जिल्लाको हवाइ सेवा सुचारु भएको छ । शनिबार सिमकोट क्षेत्रमा हावा लाग्न रोकिएपछि हवाइसेवा सुचारु भएको हो ।
मेलामा तेजपातको करोड कारोबार
जनकपुरधामबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम पर्छ । यहाँ हरेक वर्ष माघमा एक महिने मकरसङ्क्रान्ति मेला लाग्छ । सो मेलामा करिब एक करोड रुपियाँ बरावरको तेजपातको कारोबार भएको छ ।
एपिएफलाई मकवानपुर गोल्डकप उपाधि
हेटौँडामा भएको छैटौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० को उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
दमारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमारस्थित चानुवा माविको खेल मैदानमा राष्ट्रपति रनिङ शिल्ड सुरुभएको छ । यहाँ जिल्ला स्तरीय चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।
लगानी सम्मेलनअघि कुन-कुन कानुनमा कस्तो संंशोधनका लागि गरियो सिफारिस ?
आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन अघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ ।
चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी
नेपाल र चीनबिचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाली यू–२३ टोलीले चिनियाँ टोलीलाई ५–१ गोलले हरायो ।
नयाँगाउँमा नयाँ प्रहरी चौकी भवन
गुल्मीको धुर्कोट गाउँपालिका-१ नयाँगाउँमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
बैद्यनाथ धाममा एकसय ४४ बर्षपछि कोटिहोम
नेपालका चारधाम मध्येको एक अछामको बैद्यनाथ धाममा १ सय ४४ बर्षपछि कोटिहोम लाग्दैछ । फागुन १० देखि २५ गते महाशिवरात्रिसम्म महायज्ञ आयोजना हुने मुल आयोजक समितिका संयोजक प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले जानकारी दिनुभयो ।
स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने मुख्यमन्त्रीको दावी
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैठौँ प्रदेशसभामा मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पु¥याउन कार्यमा सहयोग गर्न समेत आग्रह गर्नुभयो।
गायनमा मानन्धरको पुनरागमन
नेपालभाषाका गायक गौतमदास मानन्धरले एक दशकपछि नेपाली सङ्गीत क्षेत्रमा पुनरागमन गर्नुभएको छ ।
तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत
त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’,‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ ।
सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव
२८६० सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव धरानमा सुरु भएको छ ।
क्यानडाविरुद्धको सिरिज: एक खेल अगावै नेपाल च्याम्पियन
क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । तीन खेलको सिरिज नेपालले एक खेल अगावै जितेको हो ।
सागर र हिमालका समस्या समाधानमा एकीकृत प्रयास गर्नुपर्ने
परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले नेपालको विकास आकाङ्क्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै यो हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रूपमा रहेको बताउनुभएको छ ।
नेपालले क्यानडाविरुद्धको सिरिज जित्यो
नेपालले क्यानडाविरुद्धको तीन एक दिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो ।
‘दलको कमजोरीका कारण राजावादी मौलाए’
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तामा बसेका पार्टीहरूले राम्रोसँग काम गर्न नसक्दा राजावादीहरू मौलाइरहेको बताउनुभएको छ ।
शाखाप्रमुख हाङ्सारुम्बाको निधन
पाँचथरको फिदिम नगरपालिका जिन्सी शाखाका प्रमुख हाङनारायण हाङ्सारुम्बाको निधन भएको छ । फिदिम वडा ४ निवासी हाङ्सारुम्बाको ५५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
अधिकारको पक्षमा सङ्घर्षरत सबै गोलबन्द हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताउनुभएको छ ।