नेपालगन्ज-जनकपुर उडानका लागि हवाई कम्पनीसँग आग्रह
पश्चिम नेपालबाट पूर्वको जनकपुरमा रहेको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न जाने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर हवाई उडानको पहल सुरु गरिएको छ ।
ताप्लेजुङमा पुँजीगत खर्च निरासजनक
ताप्लेजुङमा पुँजीगततर्फको बजेट खर्च निरासजनक देखिएको छ । सङ्घ तथा प्रदेश दुवैतर्फको बजेटअन्तर्गत चालूको तुलनामा पुँजीगत खर्चको अवस्था निरासजनक रहेको हो ।
एमाले अध्यक्ष ओलीद्वारा शुभकामना
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुबाआमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम सरकारद्वारा एक वर्षको प्रगति विवरण सार्वजनिक
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।
बजेटमा सांसदलाई विभेद गरिनु भएन : सांसद तिमलसेना
संसद्को अघिल्लो अधिवेशनबाट नागरिकता विधेयक र मिटरब्याजसम्बन्धी विधेयक मात्र पारित भए । अबको अधिवेशन प्रभावकारी हुन्छन् र पर्याप्त कानुन बनेर आउँछन् भन्ने विश्वास छ ।
जल सम्पदाको संरक्षण र नैतिक समाजको पुनर्जागरण गर्न ब्राह्माण्डीय महायज्ञ
सर्वसिद्धिधाम पञ्चकोटमा ‘अनन्तश्री ब्राह्माण्डिय महायज्ञ–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छ : पूर्वसभामुख सापकोटा
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताउनुभएको छ ।
अभिभावक पढाउँदै रोङ गाउँपालिका
रोङ गाउँपालिका-४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । “अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो”, अर्यालले भन्नुभयो, “तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ ।”
गरिबलाई परिचयपत्र वितरण गरिँदै
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरूको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताउनुभएको छ ।
सङ्घीय शिक्षा ऐन छिट्टै आउँछ : मन्त्री राई
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले मुलुकका विभिन्न सात स्थानमा सरकारी लगानीमा मेडिकल कलेज स्थापना गर्न मन्त्रालयले द्रुत गतिमा काम गरिरहेको बताउनुभएको छ ।
भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा कुपोषणको समस्या
भूकम्प प्रभावित जिल्ला रुकुमपश्चिमका बालबालिकामा कुपोषण देखापरेको छ । जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा गरिएको पोषण अवस्थाको लेखाजोखाको क्रममा बालबालिकाहरूमा कुपोषण देखिएको हो ।
कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताउनुभएको छ ।
छोरी–बुहारीलाई निःशुल्क स्नातक
इलामको १० नगरपालिकामध्ये सूर्योदय नगरपालिका धेरै कुरामा पृथक् छ । शैक्षिक गुणस्तर सुधारका लागि निक्कै प्रयास गरिरहेको नगरले नगरवासीलाई पढाइबाट वञ्चित हुन नदिन विभिन्न उपाय अपनाउँदै आएको छ ।
रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन
पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् ।
आन्तरिक राजस्व दर वृद्धि गर्दै सिमकोट
सिमकोट गाउँपालिकाले आन्तरिक राजस्व असुली दर वृद्धि गरेको छ । गाउँपालिकाले करको दायरा विस्तार गरेसँगै त्यसलाई कार्यान्वयनमा ल्याउँदा आन्तरिक राजस्व असुलीमा वृद्धि भएको हो ।
साहित्यमा प्रतीकतावाद र संज्ञान
मानवशास्त्रीहरू भन्छन्– मानिसको आवश्यकतामा संस्कृतिको निर्माण हुन्छ । अर्कोतिर समाजको सदस्यको नाताले मानिसले सिकेका ज्ञान, सिप, कला, रीतिरिवाज, मूल्य, मान्यता, विश्वास, परम्परा सबै संस्कृति हुन् । यसर्थ मानिसले सिकेका भाषा वा साहित्य संस्कृतिका शाखा हुन् । भाषामा विभिन्न सङ्केत हुने भएकाले भाषालाई साङ्केतिक÷प्रतीकात्मक संस्कृतिको शाखामा राखेर अध्ययन गर्न सकिन्छ । अर्कोतिर भाषा स्वयम् सङ्केत (इनकोड) हो । साहित्यमा खास गरी पद्यमा विभि
चाडपर्व संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउँछ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सबै समुदायले आफ्ना मौलिक परम्परागत चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
हुकुम प्रमाङ्गीबाट स्थापित विद्यालय बन्द
कुनै बेला तत्कालीन राजाको हुकुम प्रमाङ्गीबाट स्थापना भएको दोलखाको बिगु गाउँपालिका–१ स्थित उत्तरी दुर्गम गाउँको लुमनाङ प्राथमिक विद्यालय पूर्ण रूपमा बन्द भएको छ । तत्कालीन राजा वीरेन्द्रको हुकुम प्रमाङ्गीबाट २०३१ सालमा स्थापना भएको सो विद्यालय सम्बन्धित निकायको खासै चासो नरहँदा पूर्ण रूपमा बन्द भएको स्थानीय ६६ वर्षीय दावाछिरी शेर्पाले बताउनुभयो ।
मर्स्याङ्दी जलविद्युतको उत्पादन आधा घट्यो
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन आधा घटेको छ । सुख्यायामसँगै नदीमा पानीको बहाव कम हुन थालेपछि उत्पादन ३५ मेगावाट घटेको केन्द्रले जनाएको छ ।
विकास निर्माणमा एकजुट हुन जरुरी छ
महोत्तरीको पहिलो तथा पुरानो नगरपालिकाको पहिचान जलेश्वरले बोकेको छ । जलमा विराजमान जलेश्वरनाथ महादेवको नामबाट यस नगरीको नामकरण गरिएको हो । जलेश्वर एक समय जनकपुर अञ्चलको सदरमुकाम तथा सर्लाही महोत्तरीको गोश्वारा
एमाले महोत्तरी जिल्ला अध्यक्षमा यादव विजयी
नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्षमा बलराम यादवको प्यानल विजयी भएको छ । १३ वर्ष पश्चात् भएको एमाले महोत्तरीको छैंठो जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयनका लागि भएको मतदान भएको थियो ।
त्यो मानेश्वर यो मानेश्वरी
पनौतीको बसपार्क मानेश्वरी पार्क नामले चिनिन्छ । मानेश्वरी मन्दिरकै बगलमा भएकोले पहिलेदेखि मानेश्वरी बसपार्क नाम रहन गएकोमा कुनै विवाद छैन तर यस देउतालाई मानेश्वर भन्ने कि मानेश्वरी, समान धारणा भने छैन तर पनि अधिकजसोले मानेश्वरी माई नै भन्छन् । मानेश्वरलाई श्वेत वराहका रूपमा पनि मानिन्छ । मानेश्वर अत्यन्त दयालु देशको रक्षक, अपूर्ण कामलाई पूर्ण गरिदिने साक्षात देवताको रूपमा पूजा गरिन्छ । त्यसैले पनि मानेश्वरको ना
नेपालविरुद्ध क्यानडा ब्याटिङ गर्दै, आकाशको डेब्यु
एक दिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो ।
धनको भोक [कथा]
नयाँ हाकिम यो अफिसमा सरुवा भई आउने चर्चा चलिसकेपछि मेरा एक जना साथीले प्रस्तावित हाकिमको चर्चा गर्न थाले, “उनी ज्यादै कडा पो छन् त । कामचोरलाई पटक्कै मन पराउँदैनन् । उनको आफ्नै काम गर्ने शैली छ ।” उनले सरुवा भई आउने हाकिमको बारेमा भन्दै थिए, “तपाईंहरूले कुनै पनि सोधेको कुरालाई स्पष्ट रूपमा प्रस्ट्याउनु