• १२ वैशाख २०८२, शुक्रबार

एमाले अध्यक्ष ओलीद्वारा शुभकामना

blog

काठमाडौँ, माघ २७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुबाआमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले आज जारी गर्नुभएको सन्देशमा उहाँले ‘सबै निरोगी होउन्, सबैको कल्याण होस्, सबैको भलो होस्’ भन्नुभएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ । रासस