चितवन, माघ २७ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरूको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो “गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ । यसलाई अझै प्रभावकारी रूपमा अघि बढाइने छ ।”
गरिबी निवारणका लागि सरकारले प्रभावकारीरुपमा काम गरिरहेको छ । भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उहाँले सुकुम्बासीहरुलाई चाँडै नै जग्गा उपलब्ध गराइने जानकारी दिनुभयो । रासस