खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरिने
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गरिने बताउनुभएको छ ।
फुटबलसँगै नेपाल चीन सांस्कृतिक आदनप्रदानको अवसर
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चीनको चिङ्घाइ फुटबल क्लबसँग शनिबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि राम्रो अवसर भएको बताउनुभएको छ ।
कालीगण्डकीको शिला रौतहटमा
शालिग्रामका लागि प्रसिद्ध मानिने कालीगण्डकी नदी किनारको शिला रौतहटको गढीमाइ नगरपालिकामा शुक्रबार ल्याइएको छ ।
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेश बमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताउनुभएको छ ।
राजनीति ठीक नभई अरु क्षेत्र सुध्रिFदैन : उपाध्यक्ष पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको समृद्धिका लागि सबैभन्दा पहिले राजनीति ठीक हुनुपर्ने बताउनुभएको छ ।
नेपाल चरा उत्सव सुरु
ग्रामीण क्षेत्रमा चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो ।
भारतले नेपालसँग अझै बलियो सम्बन्ध बनाउन चाहेको छः सभापति यादव
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतले नेपालसँग अझ राम्रो सम्बन्ध बनाएर जान चाहेको बताउनुभएको छ ।
धार्मिक पर्यटकको गन्तव्य बन्दै ‘पन्नहवादेवी मन्दिर’
बाँकेको नरैनापुर गाउँपालिका –१ मा पर्ने कटकुइँया नजिक रहेको ‘पन्नहवादेवी समय माता मन्दिर’ ले प्रचुर मात्रामा धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको छ ।
युक्रेनमा रूसलाई हराउन असम्भव : राष्ट्रपति पुटिन
राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तर्वार्ता कार्यक्रमका प्रस्तोता टकर कार्ल्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताउनुभएको छ ।
वैदेशिक रोगारीका नाममा पाँच लाख ठगी गर्ने पटेल पक्राउ
वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
बेवारिसे सवारीसाधनको लिलामी प्रक्रिया सुरु
जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयपछि बेवारिसे सवारी साधनहरुको लिलामी प्रक्रिया अगाडी बढाएको छ ।
रुससँगको बन्दी आदान प्रदानमा एक सय युक्रेनी स्वदेश फर्के
सेवा व्यक्तिहरू रूससँगको नयाँ कैदी आदान प्रदान प्रक्रियाअन्तर्गत एक सय युक्रेनी सुरक्षाकर्मी घर फर्केको युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले बिहीबार जनाएको छ ।
एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषदमा विचाराधीन रहेको बताउनुभएको छ ।
स्पोर्ट्स अवार्डको चार विधाको अन्तिम मनोनयन सार्वजनिक
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९ का लागि चार विधाको अन्तिम मनोनयन सार्वजनिक गरिएको छ ।
छाडा चौपायाका कारण कृषक हैरान
छाडा चौपायाबाट कैलालीका किसान हैरान बनेका छन् । स्थानीय तहहरुले छाडा गाइगोरुको व्यवस्थापन गर्न नसक्दा किसान हैरान बनेका हुन ।
घरदैलोमै सेवा पाएपछि ज्येष्ठ नागरिकमा उत्साह
बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रमले ज्येष्ठ नागरिकमा उत्साह छाएको छ ।
‘सञ्चार माध्यमका चुनौती सम्बोधन गर्न लाग्नुपर्छ’
सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने सरोकारवालाहरूले बताउनुभएको छ ।
‘सकारात्मक नतिजाका लागि दृढताका साथ प्रण गरौँ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले अघि बढाएका कार्यक्रमलाई निर्धारित समयभित्रै सम्पन्न गर्नेतर्फ मातहत निकायका प्रमुखलाई निर्देशित गर्नुभएको छ ।
विमानस्थल बनाउनभन्दा चलाउन कठिन : मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम तत्काल अगाडि बढाउने बताउनुभएको छ ।
पाकिस्तान निर्वाचन : खान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई अग्रता
पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ ।
बागमती प्रदेश : संसद अधिवेशन बोलाउन एमालेको माग
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गर्नुभएको छ । एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गर्नुभएको हो ।
भ्यू–टावर सर्वसाधारणका लागि खुला
बाँकेको कोहलपुरमा निर्माण गरिएको भ्यू–टावर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । कोहलपुरको गोलपार्कमा निर्माण गरिएको भ्यू–टावर परीक्षणकालका लागि नगरपालिका आफैले सञ्चालन गर्नेगरी सर्वसाधारणका लागि खुला गरिएको हो ।
बालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’
पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ । लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको छ । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा बाल विवाह गर्ने तथ्याङ्कमा चौथो स्थानमा रहेको छ । यसैबीच जिल्लाको सुस्ता गाउँपालिकाले बालविवाह रोक्नलाई ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ ल्याएको हो ।
आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु
अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गर्नुभयो ।