कुटपिट गर्ने वडाध्यक्षलाई कारवाही गर्न माग
खजुरा गाउँपालिका –५ का वडाध्यक्षले प्राविधिक कर्मचारीलाई कुटपिट गरेको भन्दै कर्मचारीका चार संगठनले कारवाहीको माग गरेका छन् ।
कोशी सरकार र पहिचान पक्षधरबिच सहमति
कोशी प्रदेश सरकार र प्रदेश १ को पुनः नामकरण संयुक्त सघ्घर्ष समितिबिच भएको वार्तामा आज पाँचबुँदे सहमति भएको छ ।
नेपालमा ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान अवैध
नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढङ्गले सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
पाँच पालिकामा कोरोनाविरुद्धको खोप अभियान
कपिलवस्तुमा कोरोनाविरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ ।
समायोजनको प्रक्रिया टुङ्ग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्छौं : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताउनुभएको छ ।
प्रतिवादी आठ वर्षपछि पक्राउ
सामूहिक बलात्कार गरी भिडियो सार्वजनिक गर्ने एक युवक आठ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको जनाएको छ ।
सुक्न थाल्यो पानीको स्रोत
धनुषाको उत्तरी क्षेत्रमा पानीको स्रोतहरु सुक्न थालेका छन् । सामान्यतयाः चैत वैशाखा महिनामा देखिने यस्तो समस्या यो पटक माघमै देखिन थालिएको छ ।
पाँच पुस्तादेखि सगोलमा
जाजरकोटको बारेकोट गाउँपालिका –१ साविकको रामीडाडाँ गाउँविकास समिति वडा २ को बोहोरा परिवार पाँच पुस्तादेखि सगोलमा बस्दै आएको भेटिएको छ ।
बजेटमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न निर्देशन
चुरे दोहनका साथै जिल्लाका विभिन्न नदी, खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खननको कार्य हुँदै आएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभएको छ ।
आँखा उपचार केन्द्र दोभानको भवन निर्माण
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभानमा सञ्चालित आँखा उपचार केन्द्रको आफ्नै भवन निर्माण गरिएको छ ।
१७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने
पाल्पाका १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । पाँच वर्षमुनिका करिब १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।
वीरेन्द्रनगरको नगर अस्पताल अपाङ्गतामैत्री
वीरेन्द्र नगरस्थित नगर अस्पताललाई पूर्ण अपाङ्गतामैत्री बनाइएको छ
कांग्रेस महासमिति बैठकलाई प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमिति गठन
नेपाली कांग्रेसले महासमिति बैककलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरेको छ ।
जीवित जन्मिने बच्चामध्ये आठदेखि दश जनामा जन्मजात मुटुरोग
पछिल्लो समय जन्मजात मुटुको समस्या लिएर अस्पतालमा आउनेको सङ्ख्या बढ्दै गएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका बालमुटुरोग विशेषज्ञ डा.उर्मिला शाक्यले जन्मजात मुटुको समस्या लिएर आउनेको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ ।
फेदीखोलामा 'ल्याब इन ए ब्याग' कार्यक्रम
फेदीखोला गाउँपालिकाले नागरिकको सरल र सहज स्वास्थ्य पहुँचको लागि टोल–टोलमा ल्याब सेवा ल्याएको छ ।
अनुसन्धानकर्मीलाई झुक्याइरहेको बाँदर !
बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् ? केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छु’ अभियान नै घोषणा गर्यो । भलै वडाको त्यो निर्णय धेरै समय टिकेन ।
व्यक्तिका नाममा दर्ता गरिएको जग्गा सार्वजनिक कायम
भू-माफियाले आफ्नो नाममा बनाएको शवदहन स्थलकोे सार्वजनिक जग्गा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक नै कायम गर्ने निर्णय गरेको छ ।
हाँसका लोपोन्मुख प्रजाति चीनको प्रकृति आरक्षमा भेटिए
हाँसका लोपोन्मुख प्रजाति चीनकाे प्रकृति आरक्षमा भेटिएका छन् । हाँसको लोपोन्मुख प्रजाति उत्तरपश्चिम चीनको गान्सु प्रान्तको बैशुइजियाङ राष्ट्रिय प्रकृति आरक्षमा भेटिएका हुन् ।
स्पेनमा किसानको विरोध प्रदर्शन जारी
स्पेनमा किसानहरुको विरोध प्रदर्शनी जारी छ । हजारौं किसानले ट्याक्टरकाे प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनका कारण विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् ।
भारतमा साइबर अपराधमा २४ प्रतिशतले वृद्धि
भारतले २०२१ को तुलनामा २०२२ मा साइबर अपराधमा २४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएको छ । सन् २०२० को तुलनामा ३१ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको हो ।
दिगो विकासका लागि उद्यमशीलता आवश्यक : मन्त्री चित्रकार
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले देशको दिगो विकासका लागि उद्यमशीलता आवश्यक भएको बताउनुभएको छ ।
चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दाे
पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन ।
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन मनाइने
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।