नगर विकास समितिका अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीको टीकापुर नगरपालिका–१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित दुई सय ४९ जनाविरुद्ध सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
माल्दिभ्स सङ्कटसहित उच्च ऋण जोखिममा छ : आईएमएफ
बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ ।
तातोपानीद्वारा हिउँदे गाउँसभाबाट आठ विधेयक पारित
जुम्लाको तातोपानी गाउँपालिकाले चौधौँ हिउँदे गाउँसभाबाट आठ वटा विधेयक पारित गरेको छ । आज भएको हिउँदे गाउँसभाले कार्यालयको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न आठ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी पारित गरेको हो ।
तेजबहादुरको तेजिलो कृषि पेसा
“तरकारी खेतीमा राम्रो सम्भावना छ । परिश्रम गरे माटोमै सुन फलाउन सकिन्छ । पैसा कमाउन विदेश जानु पर्दैन । यही पेसाबाट परिवारमा खुसी मिलेको छ” बेनी नगरपालिका –४ सिंगाका ५९ वर्षीय तेजबहादुर बानियाँले भन्नुभयो ।
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा
विश्वका सीमान्तकृत समुदायको आवाज उठाइने विश्व सामाजिक मञ्चको १६ औँ संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
चार बुँदै सहमतिपछि मधेश कृषि विश्वविद्यालयको ताला खुल्यो
सप्तरीको राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालय १८ दिनपछि खुलेको छ । सर्वदलीय बैठकबाट ४ बुँदै सहमतिमा ताला खोलिएको हो ।
क्यानडामाथि नेपालको रोमाञ्चक जित
क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार जितका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो ।
मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : मुख्यमन्त्रीको चासोलाई सम्बोधन गरौँ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गर्नुभएको भावना यथाशीघ्र सम्बोधन गर्न सङ्घीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।
‘टुर दि ठाकुरद्वारा’मा भारत–चीनका साइकलयात्रीको सहभागिता
माघ २६ र २७ गते हुने ‘टुर दि ठाकुरद्वारा’ मा भारत र चीनका साइकलयात्रीको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा दुईसय बढी साइकलयात्री सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लब टुर दि ठाकुरद्वाराका कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिनुभयो ।
पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५ डिग्री सेल्सियसभन्दा माथि
पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् ।
भेरी अस्पतालमा 'एमआरआई' सेवा
पश्चिम नेपालको विशिष्टिकृत अस्पतालका रूपमा विकसित भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ।
सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि काम निजी क्षेत्रलाई नदिइने
सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि सामग्रीहरूलाई मुद्रण गर्नका लागि निजी क्षेत्रलाई नदिइने भएको छ । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा सांसदहरूको संशोधनउपर छलफल गर्दै सुरक्षण मुद्रण गर्नुपर्ने सामग्रीहरू मुद्रण गर्न निजी क्षेत्रलाई नदिने निर्णय गरेको हो ।
पशुमा लाग्ने खोरेत राेगविरुद्धको खोप अभियान
कपिलवस्तुमा पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।
गोही संरक्षणका लागि घडियाल काव्य उत्सव
पूर्वी नवलपरासीमा घडियाल काव्य उत्सव हुने भएको छ । दुर्लभ घडियाल गोही संरक्षणसँगै नवलपुरको पर्यटन प्रवर्द्धनका लागि नवलपुरको देवचुलीमा घडियाल काव्य उत्सव तेस्रो संस्करण २०८० हुन लागेको हो ।
ससुराली बस्दै आएका खड्का मृत फेला
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । पाँचथर याङ्वरक गाउँपालिका–२ थर्पु घर भई हाल सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित ससुराली घर बस्दै आएको ३३ वर्षीय हरि खड्का बिहीबार बिहान मृत फेला पर्नुभएको हो ।
भरतपुरमा सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी बन्दै
वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ ।
भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट छैन
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्यक्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छवटा जिल्ला हेर्ने भएपनि पर्याप्त बजेट नहुँदा मागअनुसारको काम हुन नसकेको हो ।
धनकुटामा ‘स्वच्छ भान्सा’ कार्यक्रम
धनकुटाको दुई स्थानीय तहमा धुवाँरहित स्वच्छ भान्सा निर्माणका लागि विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०३० सम्ममा धुवाँरहित भान्सा बनाउने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा आएको हो ।
एक हजारभन्दा बढी घरधुरी शौचालयविहीन
गाउँपालिका अध्यक्ष र कर्मचारीसहितको टोली गाउँमा शौचालय भए नभएको अवलोकन गर्न विजयनगर गाउँपालिका-५ पिपरी पुगेका छन् ।
छोरी कुट्ने बुबा धरौटीमा रिहा
आफ्नी छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका-३ घर भई हाल हेटौँडा-५, सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
हाम्रो सम्बन्ध रगतले बाँधिएको छ : बङ्गलादेशका विदेश मन्त्री महमुद
हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले भारत नजिकको छिमेकी भएको उल्लेख गर्दे आफूहरूको सम्बन्ध रगतले बाँधिएको बताउनुभएको छ ।
दीपेन्द्रले युएईमा आइएल टी–२० खेल्ने
नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले संयुक्त अरब इमिरेट्स (युएई) को अन्तर्राष्ट्रिय आइएल टी–२० खेल्नुहुने भएको छ । दीपेन्द्रलाई फ्रेन्चाइज क्लब गल्फ जायन्ट्सले अनुबन्ध गरेको हो ।
संस्थागत क्षमता मूल्याङ्कनमा गल्याङको उल्लेख्य प्रगति
स्याङ्जाको गल्याङ नगरपालिकाले छोटो अवधिमा उल्लेख्य काम गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आधारमा गल्याङले छोटो अवधिमा राम्रो सुधार गरेको देखिएको हो ।
सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउनुभएको छ ।