नेपालद्वारा क्यानडालाई २२५ रनको लक्ष्य
तीन खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ ।
युरोप पठाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपियाँ ठगी गरेको अभियोगमा दुई जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
पाकिस्तान आम निर्वाचन : मतदान जारी
पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ ।
'रुरुक्षेत्र' पुस्तक विमोचन
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक विमोचन गरेको छ। गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, जनबोध माध्यमिक विद्यालयको कक्षा-१ मा अध्ययनरत विद्यार्थी अनिसा कुँवरले ‘रुरुक्षेत्र’ पाठ्यपुस्तक विमोचन गर्नुभएको हो।
भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु
सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जिपमै ज्यान गएको हो ।
खुल्न थाले तमोर करिडोरमा नयाँ होटल
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ
सङ्घीयता कार्यान्वयनका विषयमा गठबन्धनका शीर्ष नेतासँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।
नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा
नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीले लाइट जडान कार्यलाई तिव्रता दिएपछि नेपालगन्जको सडकमा अब छिट्टै ट्राफिक लाइट बल्ने भएको हो ।
आगोले जलेर गम्भीर घाइते महिलाको मृत्यु
मकवानपुरको भीमफेदीमा आगोमा जलेर गम्भीर घाइते हुनुभएकी एक महिलाको मृत्यु भएको छ । माघ १९ गते आफ्नै घरमा आगो ताप्ने क्रममा साडीबाट शरिरमा आगो लाग्दा भीमफेदी–६ तारगाँउकी स्थानीय ४५ वर्षीय पार्वती रम्तेल जल्नुभएको थियो ।
पाँच करोड फिरौती मागेकाे आराेपमा दुई जना पक्राउ
पाँच करोड फिरौती माग गर्दै ज्यान मार्ने धम्की दिएको आराेपमा दुई जना पक्राउ परेका छन् ।
पाँच वर्षभित्र जोखिमयुक्त सडकमा सिसिटीभी क्यामेरा जडान गर्छौं : मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले सडक दुर्घटना न्यूनीकरण गर्न आगामी पाँच वर्षभित्र बागमती प्रदेशका जोखिमयुक्त सडकमा सिसिटीभी क्यामरा जडान गर्ने बताउनुभएको छ ।
नेपाललाई लगानीको गन्तव्यको रुपमा चिनाउने उद्देश्य : अर्थमन्त्री
बैठकलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको बताउनुहुँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न निर्देशन दिनुभयो ।
बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण
म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिनुभयो ।
इरानलाई हराउँदै कतार फाइनलमा
आयोजक कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा कतारले इरानलाई ३–२ गोलले हरायो ।
जनकपुरमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु
जनकपुरधाम उपमहानगरपालिका–२३ बेलापुरमा स्कुल बसको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
गृहमन्त्रीद्वारा मधेशका सुरक्षा प्रमुखलाई निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिनुभएको छ र आवश्यक निर्देशन समेत दिनुभएको छ।
सुधारसहितको पार्किङ व्यवस्थापन गर्न माग
काठमाडौँ महानगरपालिकामा सुधारसहितको पार्किङको व्यवस्थापनका लागि सरोकारवालाले माग गरेका छन् । महानगरभित्र कुनै पनि स्थानमा व्यवस्थित पार्किङ स्थान वा भवनको विकास भई नसकेको भन्दै सार्वजनिक स्थानमा रहेका पार्किङहरू पूर्ण रूपमा हटाउँदा अव्यवहारिक र असान्दर्भिक भएको उनीहरूको भनाइ छ ।
मेयर कप फुटबल : सेन्ट जेभियर्स र मोडेल एकेडेमी च्याम्पियन
नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्र) र नेपालगन्ज मोडेल एकेडेमी (छात्रा)मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
सुरक्षा निकायमा जागिर छाड्नेको लर्को
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत गरेको जानकारी दियो ।
स्मार्ट लाइसेन्स छपाइ अझै अन्योल, सकिएन गुणस्तर परीक्षण
दुई हप्ता अघि आएको छ लाख थान स्मार्ट कार्ड लाइसेन्सको छपाई कार्य अझै सुरु हुन सकेको छैन । स्मार्ट कार्ड लाइसेन्सको ल्याब परीक्षण कार्य नसकिएका कारण छपाइको काम सुरु हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।
संस्कृत पुनः पठनपाठनको माग
दोलखाको कालिञ्चोक गाउँपालिका–४ स्थित जिल्लाकै एक मात्र संस्कृत माध्यमिक विद्यालय हिलेपानीमा बन्द भएको दुई दशकभन्दापछि पुनः संस्कृत भाषा पठनपाठन गरिनुपर्ने माग अभिभावकले गरेका छन् ।
सङ्घर्षबिच भूपिको जीवनी
प्यारा भाइबहिनीहरू ! नेपाली साहित्यमा गद्य कविता क्षेत्रका एक नक्षत्र भूपि शेरचनबारे सानो जनकारी गराउँछु है त । भूपि शेरचनको पूरा नाम भूपेन्द्रमान शेरचन हो । उनको जन्म विसं १९९२ पुस १२ गते मुस्ताङ जिल्लाको थाकटुकुचेमा भएको थियो । उनी सुब्बा हितमान शेरचन र पद्मकुमारी शेरचनका कनिष्ठ पुत्र हुन् । भूपिका बाबु धनीमानीमा गनिन्थे । पोखराबाट सामान मुस्ताङ लैजाने र त्यहाँ उत्पादित स्थानीय वस्तु पोखरामा ल्याएर बेच्थे । परिवारमा खान र लाउन दुःख थिएन । दिन समय बित्दै गए । उनी पाँच वर्षको हुँदा आमाको देहावसान भयो । उनीबारे अनर्गल प्रचार सुरु भए । हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गयो । आमा टोकाहा र पिराहा जस्ता उपनाम पाए । यता मातृवियोग झेल्नु प¥यो, उता परिवार र समाजबाट अपहेलित र तिरष्कृत जस्तै बन्नु प¥यो । क
धुलिखेल–खावा सडकखण्ड : ठेक्का तोड्ने तयारी
अरनिको राजमार्ग कालोपत्रेसहित स्तरोन्नति अन्तर्गत धुलिखेल–खावा सडकखण्डको कामको जिम्मा पाएको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिने प्रक्रिया अघि बढाइएको छ । धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले सन्तोषजनक रूपमा काम नगरेको भन्दै डिभिजन सडक कार्यालय भक्तपुरले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो ।
नेपाल र क्यानडा भिड्दै
आजबाट नेपाल र क्यानडाबिच तीन एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ ।