• १७ असार २०८१, सोमबार

आगोले जलेर गम्भीर घाइते महिलाको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, माघ २५ गते । मकवानपुरको भीमफेदीमा आगोमा जलेर गम्भीर घाइते हुनुभएकी एक महिलाको मृत्यु भएको छ । माघ १९ गते आफ्नै घरमा आगो ताप्ने क्रममा साडीबाट शरीरमा आगो लाग्दा भीमफेदी–६ तारगाउँकी स्थानीय ४५ वर्षीय पार्वती रम्तेल जल्नुभएको थियो ।

आगोले जलेर गम्भीर घाइते हुनुभएकी रम्तेलको हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको थियो । उहाँको उपचारको क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।