सोनाम ल्होसार सुरु
तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार (नयाँ वर्ष) २८६० सुरु भएको छ । हरेक वर्ष सोनाम ल्होसार मञ्जुश्री पात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङ समुदायले घर, गुम्बा र सार्वजनिक स्थानमा विभिन्न पूजा–प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमसहित मनाउँछन् ।
‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ प्रदर्शन
देशभरका हलमा दुई नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका छन् । विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र दयारानी आधारित छ । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दका रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्विकार्न सक्दैन । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनु पर्छ भन्ने कथावस्तु चलचित्र दयारानीमा चित्रण गरिएको छ । चलचित्रमा सन्तान नभएका बेलामा श्रीमान् / श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई पनि देखाउन खोजिएको छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गर्नुभएको छ ।
विद्यालयमा टाईको सट्टा भादगाउँले टोपी
इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।
नक्कली कागजपत्र बनाएर सरकारी जग्गा हडप्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली कागजपत्र बनाएर नगर विकास समितिको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन तीन जना अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तरकारीको हब बन्दै लालबन्दी
सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारबाट छ महिनामा ७३ करोड रुपियाँभन्दा बढीको तरकारी निकासी भएको छ । तरकारी व्यापारको हब बन्दै आएको लालबन्दीको कृषि थोक बजार व्यवस्थापन समितिको आँकडा अनुसार गएको साउनदेखि पुससम्म यहाँबाट देशका विभिन्न बजारमा ७३ करोड ८२ लाख ६४ हजार १२५ रुपियाँको तरकारी निकासी भएको हो । यहाँका किसानले छ महिनामा गोलभेँडा, बोडी, सिमी, फूलकोबी, बन्दा, लौका, भन्टा, करेला, काँक्रो, खुर्सानी, परबल, झिँगनी, घिरौँलालगायतका हरियो तरकारी बिक्री गरेर त्यति रकम आम्दानी गरेका कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी
वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । पछिल्लो पटक त वैदेशिक रोजगारीका नाममा ठगिएँ भनेर उजुरी गर्नेको सङ्ख्या उच्च दरमा बढेको छ । योसँगै पछिल्लो पटक मुद्दा फस्र्योटको दर पनि बढेको छ ।
सुन प्रकरणमा महरा र भण्डारीसँग बयान
हङकङबाट नेपाल भित्रिएको तस्करीको सुन प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । महरासँग आयोगले सिंहदरबारस्थित पुरानो गृहमन्त्रालय रहेको भवनमा झन्डै डेढ घण्टा बयान लिएको हो । २०७९ पुस १० मा चीनबाट नेपाल आयात गरिएको विद्युतीय चुरोट (इलेक्ट्रिक सिगरेट (भेप)) भित्र लुकाएर नौ केजी सुन तस्करीमार्फत नेपाल भित्रिएको थियो । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेकसुभित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी तस्करीको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
बाँसबारीको जग्गा फिर्ता प्रक्रिया : चाँदबागले बुझ्यो २१ दिने म्याद
तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको जग्गा अनधिकृत रूपमा हाल चौधरी समूहमा रहेकामा सो जग्गा फिर्ताको पहल सुरु भएको छ। चाँदबाग रेसिडेन्सी प्रालिबाट नेपाल सरकारका नाममा जग्गा ल्याउन डिल्लीबजार मालपोत कार्यालयले पत्र पठाएको छ। गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा चाँदबाग रेसिडेन्सी प्रालिलाई २१ दिने म्यादको पत्र बिहीबार बुझाइएको हो। तत्कालीन च्याम्पियन फुटवेयर प्रालि हाल चाँदबाग रेसिडेन्सी प्रालिको सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरले पत्र बुझेर भर्पाई गरिदिनुभएको छ। पत्र पठाउने आधार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान र पत्राचारलाई बनाइएको छ।
सात वर्षपछि भेटियो अर्कै ठाउँमा अधुरो पुल
सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको साबिक स्थान परिवर्तन गरेर निर्माण भइरहेको अवस्थामा अधुरो पुल भेटिएको हो । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहले स्थान परिवर्तन गरेर पुल निर्माणको काम भइरहेको फेला परेको जानकारी दिनुभयो । कागजात अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३/७४ मा बजेट विनियोजन गरेर निर्माणको काम सुरु गरिएको थियो । छ करोड १८ लाख रुपियाँको लागतमा शङ्करमाली किरातेश्वर जेभी कोटेश्वर काठमाडौँसँग २०७४ भदौ १९ गते निर्माण सम्झौता भएको थियो ।
हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हुलाकको संरचना परिवर्तन गर्दै एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।
गार्गी कन्या गुरुकुलको अक्षयकोषका लागि महायज्ञ
गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि सप्ताह ज्ञान महायज्ञ गर्नेभएको छ । गुरुकुललाई दिगोरूपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले श्रीमद् भागवत महापुराण गर्ने भएको हो ।
देश बनाउन एमालेको बहुमत सरकार चाहिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको बहुमत सरकारले मात्र देश विकास गर्न सक्ने बताउनुभएको छ ।
छ महिनामा अवैध हातहतियारसहित १३४ पक्राउ
नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित एक सय ३४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक छन् ।
एक लाख बढी बाख्रालाई खोप
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले राष्ट्रिय खोप अभियान थालेको छ । सो अभियान अन्तर्गत एक लाख बढी बाख्रालाई खोप लगाइएको छ ।
जनकवि श्रेष्ठ र राजभाइलाई सम्मान
नेपा: पासा पुचः अमेरिकाले काठमाडौँमा नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ र लोककवि राजभाइ जकःमिलाई सम्मानार्थ संरक्षक पदले सम्मानित गरेको छ ।
संघीय व्यवस्थाको संरक्षण गर्न सबै लाग्नुपर्छ : मन्त्री गुरुङ
सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सफल बनाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी भएकाले सबैले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।
भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै
सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ ।
सडक दुर्घटनाका घाइतेको जीवन रक्षार्थ सशस्त्र प्रहरी र सडक सुरक्षा परिषदबिच सम्झौता
सडक दुर्घटनाको आपत्कालीन अवस्थामा उद्धार र उपचारको व्यवस्था गर्नेगरी राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समुदायसँग स्वास्थ्य सवाल कार्यक्रम
गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा समुदायसँग स्वास्थ्य सवाल कार्यक्रम सञ्चालन गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नका लागि समुदायको भूमिका पनि महत्त्वपूर्ण हुने भएको कारण कार्यक्रम सञ्चालन गरिएको हो ।
भरतपुर महानगर र माडी नगरपालिकाबिच भगिनी सम्बन्ध
चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
महिला क्रिकेट टोलीको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरेको छ ।
दक्षिणपश्चिम पाकिस्तानमा विस्फोट : दुई सुरक्षाकर्मीको मृत्यु, आठ घाइते
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार दिउँसो भएको विस्फोटमा कम्तीमा दुई सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् ।
नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँच जना पक्राउ
नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँच जनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।