• ७ वैशाख २०८२, आइतबार

फेरि आउँदै कर्मा ब्यान्ड

blog

काठमाडौँ, माघ २६ गते । नेपाली साङ्गीतिक ब्यान्ड ‘कर्मा’ ले एक दशकपछि नयाँ गीत ‘हेर’ ल्याउने भएको छ । गीतमा समावेश अधिकांश गीतमा कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहको शब्द र सङ्गीत रहने छ । ‘हेर’ कर्मा ब्यान्डको छैटौँ गीतिएल्बम हो । 

‘हाम्रा गीत युवादेखि पाका उमेरसम्मका दर्शकले मन पराउने गर्नुभएको छ,” ब्यान्डका गायक सुरेन्द्रमान सिंहले भन्नुभयो, “अमेरिकामा केन्द्रित भएर साङ्गीतिक गतिविधि गरिरहे पनि हामीले आफ्नो नयाँ गीतिएल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो । दर्शकमाझ पुग्न यस पटक कर्मा ब्यान्डले नयाँ गीतिएल्बम सार्वजनिक गर्दै छ । 

कर्मा ब्यान्डको ‘हुक्का मेरो’ गीतसहित ‘मौनतामा’, ‘कहाँ होला घरबार’, ‘मार्‍यो’, ‘छैन मैले तिम्रो चित्त दुखाएको’, ‘सुपारी दाना’, ‘यानीमाया’ र ‘नयाँ सपना’ लगायत गीत चर्चामा छन् ।