ल्होसारको अवसरमा तीन दिन बिदा
सोनाम ल्होसारको अवसरमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा गरेको छ । बौद्धधर्मालम्वीहरुको बाहुल्यता रहेको इन्द्रसरोवार गाउँपालिकामा आज शुक्रवारदेखि तीन सार्वजनिक बिदा दिने गाउँपालिकाको कार्यालयले निर्णय गरेको हो ।
४३ जना न्यायाधीशका लागि आवेदन माग
न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन खुल्ला गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रवार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो ।
पाँच सडकको एकै पटक स्तरोन्नति
जाजरकोटको बारेकोट गाउँपालिकाका पाँच वटा ग्रामीण सडक एकै पटक स्तरोन्नति गर्न थालिएको छ । करिब तीन वर्षअघि गाउँपालिकाले ट्र्याक खोलेका ती पाँच वटा सडकको स्तरोन्नति गर्न थालिएको हो । जस अनुसार ती सडकमा कुलो मर्मत, तटबन्धन, घेराबारको काम सुरु भएको छ ।
प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित
प्रदेश लोकसेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोकसेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।
निर्देशनालय खारेजीले शैक्षिक क्षेत्रमा अन्योल
कर्णाली प्रदेश सरकारले शिक्षा विकास निर्देशनालय खारेज गरेपछि निर्देशनालय अन्तर्गतका योजना कार्यान्वयनमा अन्योल उत्पन्न भएको छ । सरकारले निर्देशनालय खारेज गर्दै कर्णाली प्रदेश निजामती सेवा नियमावलीबाटै हटाएको छ । उक्त नियमावली प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ ।
प्रहरीले ३६५ जना असईमा भर्ना खोल्यो
नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले धेरै सङ्ख्यामा भर्नाका लागि आवेदन माग गरेको हो ।
रोकियो मार्तडी–कोल्टी बस सेवा
बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म चल्ने बस सेवा विवादका कारण रोकिएको छ । स्थानीय तह र स्थानीय प्रशासनले कोल्टीसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरे पनि बस व्यवसायीले सडकको अवस्था देखाउँदै रोकेका हुन । गत माघ १३ गते प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र बस व्यवसायीबिचको सहमतिमा जयमालिका यातायातको ना. ५ ख २०४१ नम्बरको बस मार्तडीबाट कोल्टीसम्म पु¥याइएको थियो ।
अस्पताल भवन निर्माण अन्तिम चरणमा
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीति अनुसार सो अस्पताल निर्माण गरिएको हो । यस पालिकाको वडा नम्बर ५ बैजपुरमा १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको हो । दुई वर्षमा काम सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हाल फिनिसिङको कार्य भइरहेको गाउँपालिकाका इन्जिनियर भरत चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।
नेपाल प्रहरीमा १९५० जनाको भर्ना खुल्यो
नेपाल प्रहरीले एक हजार नौ सय ५० जनाको भर्ना खोलेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले १८५६ जना प्रहरी जवान, भान्छे ५३, हजाम ७, कुचीकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना आव्हान गरेको हो ।
अझै सुरु भएन रोकिएको शल्यक्रिया
जिल्ला अस्पताल मुस्ताङमा गत भदौयता सामान्य खालको शल्यक्रियासमेत नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । जिल्ला अस्पतालले दक्ष चिकित्सकको समेत अभाव झेल्न बाध्य भएको छ । पर्यटकलाई हाई अल्टिच्युड (लेक लाग्ने) तथा सामान्य दुर्घटना भएमा पनि शल्यक्रियाका लागि चार जिल्ला पार गरेर पोखरा पुग्नुपर्ने बाध्यता मुस्ताङका सर्वसाधारणको छ । सङ्घीयता कार्यान्वयनसँगै मुस्ताङ अस्पताललाई २०७७ सालमा १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति गरिएको छ । जिल्लामा रहेको संरचनामै प्रयोग गर्न मिल्ने गरी ल्याब, युएसजीलगायतका संरचना निर्माण गरेको भए पनि त्यसलाई प्रयोग गर्ने जनशक्ति नहुँदा उपलब्ध भएका सामग्री पनि जीर्ण बन्दै गएको जोमसोमका व्यवसायी अमृत सुवेदीको भनाइ छ ।
घाइते र अपाङ्गता भएकाको उपचार निःशुल्क
लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उपचारको काम अघि बढाएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका घाइते तथा अपाङ्गता भएकाको निःशुल्क उपचारका लागि प्रदेश गृह मन्त्रालयले सम्झौताका लागि लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई पत्र पठाएर बोलाएको थियो । गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले लुम्बिनी प्रादेशिक अस्पताल मात्र आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता भएर काम अगाडि बढेको छ । उपचारका लागि आउन सूचनासमेत प्रकाशन गरिसकेका छौँ ।”
गडरायको आकर्षक गहना ‘चम्ला झरना’
बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् ।
प्रसारण लाइनको काम तीव्र
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत सर्लाही र महोत्तरी खण्डमा धमाधम काम हुन थालेको छ । विशेष गरी यी दुई जिल्लाको जङ्गल क्षेत्रमा तार विस्तारको कामले गति लिएको हो ।
नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ ।
वनमै थन्किए रुख
धनकुटा नगरपालिका–१, सुकेपोखरीस्थित संसारी सुकेपोखरी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत करिब पाँच हेक्टर क्षेत्रफलमा करिब एक हजार पाँच सयभन्दा बढी उत्तिसका रुख छन् । सबै रुख करिब ४२ वर्षमाथिका छन् ।
सत्ता गठबन्धनविरुद्ध मोर्चाबन्दी गर्दै विपक्षी दल
बागमती प्रदेश सरकारले बागमती प्रदेश सभा प्रतिनिधित्व गर्ने नेकपा एमालेलगायतका विपक्षी दलहरूसँग विगतमा भएका सहमति कार्यान्वयन नगरेपछि विपक्षी दलहरूले मोर्चाबन्दी थालेका छन् । प्रदेश सरकारले गत असारमा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदा गरेका सहमतिको पालना नगरेको र प्रदेश सभाको अधिवेशन आह्वानमा ढिलाइ गरेपछि प्रदेश सभामा रहेको प्रमुख विपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरू मोर्चाबन्दीमा लागेका हुन् ।
दुई दर्जन बढी सरकारी कार्यालय प्रमुख विहीन
हुम्लामा दुई दर्जन बढी सरकारी कार्यालयहरू कार्यालय प्रमुख विहीन भएको पाइएको छ । लामो समयदेखि कार्यालयहरू प्रमुख विहीन भएपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।
एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टी एमाले दोलखाको १० औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
चैते धानको बिउ उत्पादन गर्न परियोजना
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चैते धानको क्षेत्र विस्तारका लागि बिउ उत्पादन गर्न बृहत् परियोजना बनाउन लागेको छ । धानमा आत्मनिर्भर हुन चैते धान उत्पादनमा जोड दिएको सरकारले बिउको व्यवस्थाका लागि परियोजना बनाउन लागेको हो । नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले धानमा आत्मनिर्भर हुने एक मात्र उपाय चैते धान नै हो भन्नुभयो । चैते धान उत्पादनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सम्पूर्ण तयारी पूरा गरेको छ । त्यसका लागि बिउ अपुग हुने देखिएपछि परियोजना नै बनाएर बिउ उत्पादनमा जोड दिइने उहाँले बताउनुभयो । सरकारको कृषि नीति तथा उत्पादन वृद्धिका कार्यक्रमलाई सफल बनाउने उद्देश्यले नार्कले बृहत् बिउ उत्पादन परियोजना ल्याउन लागेको हो ।
किसानलाई गुलेली र मटेङ्ग्रा वितरण
गुल्मीमा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ ग्वादीका बाँदर पीडित किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरिएको छ । गाउँमा बाँदर आतङ्क बढेपछि यहाँका किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरेको छ ।
लगानीमैत्री वातावरण बनाउन कानुन संशोधन
आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारीमा जुटेको सरकारले तीन महिना बाँकी रहँदा लगानीका व्यवधान मानिएका विभिन्न ऐनका व्यवस्था संशोधन तथा खारेजीका लागि संसद्मा संशोधन विधेयक ल्याउने भएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बिहीबार सम्पन्न बैठकले सरकारले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन र त्यसमाथि लगानी सम्मेलन कार्यान्वयन समितिको बैठकको सुझावसमेत समेटेर संसद्मा विधेयक पेस गर्ने निर्णय गरेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
प्रसाई र पराजुलीको नयाँ गीत
गायिका टीका प्रसाई र गायक सञ्जीव पराजुलीको आवाज रहेको नयाँ गीत ‘बरु मौनता बढोस्’ सार्वजनिक भएको छ । प्रणय दिवस सप्ताहको अवसर पारेर बिहीबार युट्युबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।
हिउँदे अधिवेशन आह्वान अझै अन्योल
चार महिनादेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गर्नुभएको छ । गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन ।