• १२ वैशाख २०८२, शुक्रबार

हिउँदे अधिवेशन आह्वान अझै अन्योल

blog

मकवानपुर, माघ २६ गते । चार महिनादेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गर्नुभएको छ । गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन ।

नेपाल कम्युनिष्ट पार्टी [एमाले] संसदीय दलका नेता जगन्नाथ थपलियाले आज विज्ञप्ति गर्दै हिउँदे सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाउनुभएको छ । पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको सन्तोषजकन नभएको उहाँको भनाइ थियो । 

प्रदेश सरकार सञ्चालन गर्न कम्तीमा सय वटा ऐन आवश्यक पर्ने पहिचान भएकोमा हालसम्म ४६ वटा मात्र ऐन बनेको थपलियाले लगाउनुभयो । दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा प्रदेशसभाको जम्मा ५६ वटा बैठक बसेको छ । थपलियाले भन्नुभयो, “ऐन निर्माणमा सन्तोषजनक काम हुन सकेको छैन । आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुन लाग्दा पनि हालसम्म सरकारले नौ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन ।”

राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पनि सरकारले सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले प्रतिपक्षीलाई दोष देखाएर अगाडि बढ्न खोजिरहेको छ ।”