• ६ जेठ २०८१, आइतबार

नेपाल प्रहरीमा १९५० जनाको भर्ना खुल्यो

blog

काठमाडौँ, माघ २६ गते । नेपाल प्रहरीले एक हजार नौ सय ५० जनाको भर्ना खोलेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै नेपाल प्रहरीले १८५६ जना प्रहरी जवान, भान्छे ५३, हजाम ७, कुचीकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना आह्वान गरेको हो ।

खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने आज सार्वजनिक सूचनामा उल्लेख छ । दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ । जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौँ उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिन्छ ।