व्यापारिक प्रतिष्ठान ६८ प्रतिशत मात्रै दर्ता
मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये ६८ प्रतिशत मात्र सरकारी निकायमा दर्ता भएको तथ्य देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपाल वितरण व्यापार सर्वेक्षण, २०७८ अनुसार मुलुकभर सञ्चालन भएका ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ता नभई सञ्चालन हुने गरेको पाइएको छ । सर्वेक्षण अनुसार मुलुकभर थोक तथा खुद्रा व्यापार गर्ने चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान रहेका छन् ।
राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवद्वारा ल्होसारको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक एकता सँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने बताउनुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताउनुभएको छ ।
आज सोनाम ल्होसार मनाइदैँ
आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।
बाली सुक्न थालेपछि कृषक चिन्तामा
यसपालि पर्याप्त पानी नपर्दा खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान रहेका छन् । कालीकोट सुक्खा क्षेत्र पलाँता, पचालझरना गाउँपालिकामा बसोबास गर्ने नागरिक अहिलेसम्म पानी नपरेका कारणले भोकमरी हुने चिन्ताले निराश हुन थालेका हुन् । लामो समय पानी नपर्दा हिमाली तथा पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ र जौ उम्रिन सकेनन् ।
उपभोग्य वस्तुको भाउ बिस प्रतिशतले बढ्यो
पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु नै छैन । एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव घरेलु श्रमिकका रूपमा काम गर्ने सन्जुमाया गुरुङले सुनाउनुभयो । उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।” सबैभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ८० रुपियाँ पुगेको छ, खाने कुरा तरकारी सबै यसै गरी बढेको छ । सन्जुमाया त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।
दुई खर्बले बढ्यो कर्जा
चालु आर्थिक वर्ष २०८०/८१ को छ महिना बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ९२ अर्ब ६४ करोड रुपियाँ (४.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ३७ अर्ब ३३ करोड रुपियाँ (३.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।
जहाँ आफ्नो चिहान आफैँ बनाइन्छ
धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुग्नुभयो । माङ्दाङ्वा गाउँका बिचमा उहाँको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्को ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गर्नुभएको छ ।
जेलमा रहेका पूर्व प्रधानमन्त्री खानको पार्टीलाई अग्रता
पाकिस्तानमा बिहीवार सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए–इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन्।
मध्यपहाडको विकास लाइफलाइन बन्छ : सहमहान्त्री पाण्डे
नेपाली काँग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेले मध्यपहाडको विकास नै नेपालको लाइफलाइन बन्ने बताउनुभएको छ । अछामको साँफेबगरमा आयोजित साँफेबगर महोत्सवको उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
त्रिदेशीय सिरिज फागुनमा
घरेलु मैदान कीर्तिपुरमा नेपालले फागुनमा खेल्ने त्रिदेशीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार नेपालले फागुन ३ गते नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ ।
शास्त्रीय संगीतलाई पुस्तान्तरण गर्न आवश्यक
जनकपुरधाममा पहिलो पटक औपचारिक रुपमा एकल गायन शास्त्रीय संगीतको आयोजना भएको छ । मधेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा औपचारिक रुपमा शुक्रबार जनकपुरधामस्थित महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा शास्त्रीय संगीत एवं सुगम संगीत विधाका लोकप्रिय गायक गुरुदेव कामतले एकल गायन प्रस्तुत गर्नुभएको हो ।
दरबाङ–धारापानी सडकको स्तरोन्नति
म्याग्दीको पश्चिम दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिका केन्द्रदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत करिब ७ किलोमिटर सडक स्तरोन्नति गरिएको हो ।
सुवाशलाई भारतीय गल्फ टुरको फुल कार्ड
नेपाल नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पीजीटीआई) को फुल कार्ड प्राप्त गर्नुभएको छ ।
सन्न्यास लिएको ३० महिनापछि क्रिकेट खेल्दै पारस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्न लाग्नुभएको छ ।
सेवाग्राहीलाई आयोडिनयुक्त नुन वितरण
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य शाखाले स्थानीय सेवाग्राहीलाई आयेडिनयुक्त नुन निःशुल्क वितरण गरेको छ । आयोडिनयुक्त नुनको सही रुपमा प्रयोग गर्न र यसका फाइदाबारे जानकारी गराउँदै सहभागीलाई एक– एक पोका नुन प्रदान गरिएको हो ।
सुजेन्द्र स्मृति बुद्धिचाल शनिबार
नेपालमा बुद्धिचाल महासङ्का पूर्व उपाध्यक्ष तथा फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठको स्मृतिमा शनिबार एकदिने द्रुतगतिको खुला ब्लिट्ज बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
एउटै स्टेजमा तीन पुस्ताका खेलाडी सम्मानित
विभिन्न कालखण्डमा नेपालको शारीरिक सुगठन तथा फिटनेसको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दैं पुर्व खेलाडीहरुलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
सडक स्तरोन्नतिले यात्रा सहज
म्याग्दीको मालिका र धवलागिरी गाउँपालिका जोड्ने दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको छ ।
६ महिनामा पाँच हजार ३६४ जना पक्राउ, एक अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल
नेपाल प्रहरी प्रधान कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १९ करोड ८५ लाखभन्दा बढी जरिवाना असुल गरेको छ । साथै चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा पाँच हजार ३६४ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जानकारी दिनएको छ ।
ट्राफिक प्रहरीद्वारा हराएका १७ ओटा सवारी साधन हस्तान्तरण
विभिन्न मितिमा हराएका १७ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ ओटा मोटरसाइकल र ३ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
राष्ट्रिय बाल संरक्षण सञ्जालमा नयाँ कार्यसमिति निर्वाचित
राष्ट्रिय बाल संरक्षण सञ्जालको १२ औं साधारणसभा र सातौँ अधिवेशनले ज्ञान भक्त महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
‘एकल महिलालाई सहयोग गर्न प्रदेश सरकार तयार छ’
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले एकल महिलालाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ।