काठमाडौं, माघ २६ गते । राष्ट्रिय बाल संरक्षण सञ्जालको १२ औं साधारणसभा र सातौँ अधिवेशनले ज्ञान भक्त महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
सञ्जालको उपाध्यक्ष मिना परियार, महासचिव मणिराम आचार्य, कोषाध्यक्ष तोयानाथ तिवारी, सचिव मधु गुरुङ निर्वाचित हुनुभएको हो ।
यसैगरी, सदस्यहरुमा कविता शाह, रुद्र थेबे, डिल्ली प्रसाद शर्मा, मुस्ताख अलि राई, मनु नेपाली, अन्जना शर्मा, गोकुल सुवेदी, कल्पना तिमल्सिना निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितीका संयोजक अधिवक्ता बिष्णु खत्री, सदस्यहरु कृष्ण चन्द्र आचार्य र अपेक्षा निरौला, पूर्व अध्यक्षलगायतका समूहले सञ्जालको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको छ ।