कवाडी पसलमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
भक्तपुरको मध्यपुर थिमी नगरपालिका –६ कमेरोटारको एक कवाडी पसलमा भीषण आगलागी भएको छ । दिउँसो २ बजे लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त थिमीका प्रहरी जवान दीपेन्द्र जोशीले बताउनुभयो ।
दुई पत्रकार प्रहरी नियन्त्रणमा
कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिनुभयो ।
जिल्लाका समस्या समाधान गर्न पालिका प्रमुखहरूको प्रतिबद्धता
जिल्लाका सबै पालिकाबिच समन्वय गरेर अघि बढ्न पालिका प्रमुखले ऐक्यबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको सातौँ जिल्ला सभामा पालिका प्रमुखले जिल्लामा देखिएका समस्या समाधानका लागि सबैले समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।
कृषि तथा पर्यटन प्रवर्द्धनका लागि महोत्सव हुँदै
पाल्पाको तानसेन नगरपालिकाले कृषि तथा पर्यटन प्रवर्द्धनका लागि फागुन १८ गतेदेखि २८ गतेसम्म कृषि तथा पर्यटन महोत्सव २०८० आयोजना गर्ने भएको छ ।
बेंसीसहर-चामे सडक सात किलोमिटर कालोपत्रे
बेंसीसहर-चामे सडक सात किलोमिटर कालोपत्रे गरिएको छ । लमजुङ-मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्रे भएको हो ।
खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान
नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ ।
लम्की साङ्गीतिक महोत्सवको आयव्यय सार्वजनिक
लम्की साङ्गीतिक महोत्सव तथा व्यापार मेलाको आयव्यय सार्वजनिक गरिएको छ । आज सामुदायिक रेडियो पश्चिम आवाजको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको आयव्यय सार्वजनिक गरिएको हो ।
स्वास्थ्य क्षेत्रमा जनशक्तिको चरम अभाव
कर्णालीमा १४५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेशभर १७५ स्थायी दरबन्दी रहेकोमा ३० जना मात्र कार्यरत छन् । अन्य दरबन्दीमा स्थायी पदपूर्ति हुन सकेको छैन ।
नेपाल र स्विट्जरल्याण्डबिच हवाई सम्झौता
नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबिच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबिच हवाई सेवा सम्झौता भएको हो ।
भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास
सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गर्नुभएको छ ।
विद्यार्थीलाई आयुर्वेद औषधी र योग शिक्षाबारे जानकारी
बाँकेका केही सामुदायिक विद्यालयका विद्यार्थीलाई सानै उमेरदेखि आयुर्वेद औषधी र योग शिक्षाका बारेमा जानकारी गराउन थालिएको छ ।
काभ्रेमा ट्राफिक सप्ताह : ग्रामीण सडक लक्षित कार्यक्रम
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकले ट्राफिक सप्ताह’ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको सप्ताह कार्यक्रम ग्रामीण क्षेत्रलाई लक्षित गरी बनाइएको प्रहरीले जनाएको छ ।
करोडौँ रकम हिनामिना गरी बैङ्कका कर्मचारी फरार
रुकुमपश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडी बजारमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले ग्राहकको रकम हिनामिना गरी फरार भएका छन् ।
भत्केको पाँच दशकपछि पुल निर्माण सुरु
बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरि र बि गाउँ जोड्ने गडगैँचा (पेडारी) नालामा पुल भत्किएको करिब पाँच दशकपछि नयाँ पुल निर्माण सुरु भएको छ ।
व्यावसायिक बाख्रापालक किसान पेसा प्रवर्द्धन गर्न एकताबद्ध
तनहुँमा व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका किसान एकत्रित भएका छन् । माछामासुमा आत्मनिर्भर तनहुँका किसान अन्य जिल्लाबाट खसीबोका ल्याउने कार्यलाई निरुत्साहन गर्न एकजुट भएका हुन् ।
सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनलाई समृद्धिको आधार बनाउनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारण सभाको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
रुपन्देहीको तिलोत्तमामा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच बढाउन करिब दुई लाखको लागतमा तिलोत्तमा वडा–५ का ९ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो ।
सोनाम ल्होछारमा आफ्नो संस्कृति झल्काउँदै
नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६० सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक महोत्सव जारी गरेको छ ।
सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताउनुभएको छ ।
प्रदेश प्रमुख परियारद्वारा ल्होछारको शुभकामना
कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सूचनाको हक कार्यान्वयनमा मुख्यमन्त्रीको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूचनाको हक कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य
एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाललाई दुई सय ८६ रनको लक्ष्य दिएको छ ।
गाईघाटमा मेडिकल कलेज सञ्चालन गरिने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
इजरायलद्वारा गाजाका लागि आएको आधाभन्दा बढी सहायता आपूर्ति अस्वीकार : संयुक्त राष्ट्रसङ्घीय
उत्तरी गाजा पट्टीका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) ले शुक्रबार पेस गरेको आधा सहायता अनुरोधलाई इजरायलले अस्वीकार गरेको छ ।