राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनुहुने छ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा९माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
महासमिति बैठकलाई व्यवस्थित गर्न कांग्रेसद्वारा यातायात व्यवस्था उपसमिति गठन
नेपाली कांग्रेसले महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा यातायात व्यवस्था उपसमिति गठन गरेको छ ।
मोहम्मद आलमविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रौतहट जिल्ला अदालतमा रौतहटको एक इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
सेनामा भर्ती गराउने नाममा चार लाख ठगी
नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
सङ्घीयतापछि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी बढे : प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्घीयता कार्यान्वयनपछि तीन तहकै सरकारमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरीहरू परेको बताएको छ ।
वर्तमान सरकार गठनपछि धेरै सुधार भएको छ : मन्त्री गुरुङ
नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले धेरै सुधार भए पनि मुलुकमा अझै अप्ठ्यारो अवस्था भने कायमै रहेको उल्लेख गर्नुभयो ।
गण्डकी सरकारको मन्त्रिपरिषद् बैठक बागलुङको पञ्चकोटमा हुने
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा बस्ने भएको छ ।
चिङ्गाडका बासिन्दालाई केन्द्र आउनै सकस
भौगोलिक विकटताका कारण घरबस्तीहरु टाढाटाढा हुँदा पालिकासँगको न्यून बजेटले नागरिकका असीमित मागहरु सम्बोधन गर्नुपर्ने अर्को छुट्टै बाध्यता छ ।
राजविराज कारागारको शौचालयमा बन्दी मृत फेला
राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिनुभयो । उहाँका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो ।
बर्नलीलाई हराउँदै लिभरपुल शीर्षस्थानमा
बर्नलीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-१ गोलले हरायो ।
स्थापनाको २२ वर्षपछि आफ्नै भवनमा सर्दै महिला आयोग
राष्ट्रिय महिला आयोग स्थापनाको २२ वर्षपछि आफ्नै स्वामित्वको भवनमा सर्ने भएको छ । आयोगको कार्यालय स्थापनाकालदेखि हालसम्म राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित भवनमा भाडामा बस्दै आएको थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षमा गरेको कार्यप्रगति विवरण सार्वजनिक
अविनाश चौधरीधनगढी, माघ २८ गते । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आफ्नो मन्त्रालयको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ । आफ्नो नेतृत्व एक वर्षको अवधिमा भएको कार्य प्रगति विवरण उहाँले सार्वजनिक गर्नुभएको हो । नीतिगत सुधारतर्फ मन्त्रालयले सुदूरपश्चिम प्रदेश यातायात व्यवस्था नियमावली २०८० तर्जुमा गर्नुका साथै सुदूरपश्चिम प्रदेशमा यातायात सवारीको भाडा निर्धारण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयले प्रभावकारी कार्यान्वयन हुने आयोजनालाई मात्रै अगाडि बढाएको छ । सीमित स्रोतलाई टुक्रे तथा साना आयोजनामा बजेट छर्ने प्रवृतिलाई निरूत्साहित गर्न आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा रहेका पाँच हजार ३२९ सङ्ख्यामा कटौती गरी चालु आर्थिक वर्षको कार्यक्रममा एक हजार ९६१ (एक हजार ७५० क्रमागत र २१० नयाँ) आयोजना कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा समानीकरण र विशेष बजेट विनियोजन गरिएका २२ वटा नयाँ आयोजनालाई स्थानीय तहमा हस्तान्तरण गरिएको छ । कार्यक्रम तथा आयोजना पहुँचको आधारमा नभई बृहत्तर प्रतिफल हुने आयोजना छनोट गरेका मन्त्रालयले जनाएको छ । यसैगरी, अनुत्पादक क्षेत्र र वित्तीय अनुशासनको कमी देखिएका कार्यक्रम जस्तै व्यक्तिको नामै तोकेका तटबन्ध, घेरा पर्खाल, निजी क्षेत्रका भवन, मठ, मन्दिर जस्ता आयोजनामा बजेट कटौती गरिएको छ । दीर्घकालीनरूपमा नदी कटानलाई नियन्त्रण तथा व्यवस्थापन गर्न एकीकृत योजनाको रूपमा कार्यक्रम सुरू गरिएको मन्त्री देउवाले बताउनुभयो । उहाँका अनुसार पूर्व तयारी नगरी आयोजनामा बजेट विनियोजन हुने प्रवृत्तिलाई न्यून गर्दै सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति, स्थानीय तहसंगको समन्वयलगायतका पूर्वतयारीका कार्य गरेर मात्र निर्माण चरणमा प्रस्ताव गर्ने नीति लिइएको छ । मन्त्रालय मातहतका सरकारी भवनलाई आवश्यकताभन्दा ठुलो बनाउने कार्यलाई निरूत्साहित गर्दै स्वीकृत सङ्गठन संरचना अनुरूप भवनको आवश्यकता पहिचान गरी कार्यान्वन गर्ने रणनीति लिएको मन्त्रीको भनाइ छ । वित्तीय अनुशासन कायम गर्न बजेट खर्चलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने कार्यलाई जोड दिइएको जनाइएको छ । यसैगरी, विगत आवका बेरूजु फछ्र्योट तथा सम्परीक्षण कार्यलाई प्रभावकारी बनाउन सार्वजनिक निकायका प्रमुख तथा लेखा प्रमुखलाई कार्यसम्पादन करार गरी बेरूजु लेखन, लगत र सम्परीक्षण कार्यलाई प्राथमिकता दिइएको जनाइएको छ । योजना छनोट तथा विकास र प्राथमिकीकरण प्रणालीलाई सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई बजेटसंग अन्तर आबद्धता गरिएको जनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा निर्माण र सञ्चालनमा रहेका विकास आयोजनाहरूको कार्यान्वयको अवस्थासहित प्रदेश सरकारको उपस्थिति झल्कने गरी कलर कोडसहित आयोजना बोर्ड लागू गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका त्रिनगर भन्सार कार्यालय कैलाली र कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा आउने यातायातका साधनको अस्थायी अनुमति पास (पटके पास) वितरण गर्ने कार्यलाई सहज गरी राजस्व वृद्धिका साथै पर्यटकलाई छिटो एवम् सहज सेवा दिने व्यवस्था मिलाउने कार्य भइहरहेको छ । यस्तै, यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई सहज एवम् प्रविधिमैत्री बनाउन अनलाइन भुक्तानी र अभिलेख व्यवस्थापनलाई डिजिटाइजेसन गर्ने कार्यक्रम सुरू गरिएको छ । विश्व बैंक र नेपाल सरकारको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम लागु गरेको मन्त्रालयले जनाएको छ । प्रादेशिक सिँचाइ योजना र खानेपानी तथा सरसफाइ स्वच्छता योजना थालनी गरिएको छ । प्रदेशको नौ वटै जिल्लामा विद्युतीय चार्जिङ् स्टेशनसहितको रिफ्रेस्मेन्ट सेन्टरको सम्भाव्यता अध्ययन थालनी गरिएको छ । प्रदेश प्रमुख एकीकृत वस्ती विकास कार्यक्रम र नमुना बस्ती विकास कार्यक्रम कार्यविधि तयार गरि सञ्चालन गरेको जनाइएको छ । कर्णाली तथा महाकाली नदीमा जल यातायात÷ जल मनोरञ्जन कार्यको सम्भाव्यता अध्ययन थालिएको छ । धनगढीको मुख्य चौराहामा क्यामेरासहितको ट्राफिक सुरक्षासम्बन्धी कार्य भइरहेको छ । प्रदेशको अस्थायी राजधानी धनगढीको छ लेनको सडक र चौराहा–क्याम्पस सडकसँग हुने लिंक सडकको स्तरोन्नति गरी समग्र प्रदेशको प्रभावलाई वृद्धि गर्न सडक स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ । धनगढीमा कैलाली पुलदेखि हुलाकी सडक जिरो किलोमिटरसम्म सडक निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखी निर्माण कार्यलाई तीव्रता दिइएको छ । तीन तहका सरकारबिच समन्वय र सहकार्यको नमुना कार्यक्रमको रूपमा रणनीतिक महत्वको सेती जलविद्युत् आयोजनाको बाँधस्थलसम्मको पहुँच मार्ग निर्माणका लागि बोगटान–फुडशील गाउँपालिका र प्रदेश सरकारबिच समझादारीमा हस्ताक्षर गरिएको छ । क्षेत्रगत उपलब्धितर्फ एक वर्षको अवधिमा १०८.१९ किलोमिटर कालोपत्रे सडक, १२२.९७ किलोमिटर माटे, १८५.९० किलोमिटर ग्राबेल सडक निर्माण भएको जनाइएको छ । यो अवधिमा सरकारले ९ वटा सडकपुल निर्माण गरेको छ । यसैगरी, एक हजार ६०९ हेक्टर क्षेत्रफलमा वर्षैभरि सुविधा हुने गरी सिँचाइ उपलब्ध गराइएको छ । ५२० वटा इन्टेक, ५६३ पानी पोखरी निर्माण, दुई हजार ५०५ किलोमिटर पाइपलाइन जडान गरेको जनाइएको छ । ८२ हजार ७०२ जनालाई आधारभूत खानेपानी सेवा, १८ हजार ६०० जनालाई मध्यमस्तरको खानेपानी सेवा उपलब्ध गराइएको छ । २०७.५६ किलोमिटर नहर, ५२.२१ किलोमिटर तटबन्ध, २ वटा सौर्य ऊर्जा निर्माण र सात हजार ३४५ हेक्टर क्षेत्रमा सिँचाइ मर्मत भएको जनाइएको छ । सहरी विकास तथा भवन निर्माणतर्फ सरकारी सामुदायिक भवन एक वटा, जनता आवास योजना ४४ वटा, एकीकृत नमुना बस्ती चार वटा निर्माण गरिएको छ । एक वर्षको अवधिमा ३२ वटा योजना सम्पन्न भएको प्रदेश सरकारले जनाएको छ । याातायात व्यवस्था क्षेत्रमा एक वर्षमा दुईपाङ्ग्रे सात हजार ६३९ वटा, तीनपाङ्ग्रे ८९७, चार पाङ्ग्रे ७२७ वटा नयाँ सवारी दर्ता गरिएको छ । एक वर्षमा २० हजार ९५ वटा चालक अनुमतिपत्र वितरण भएको जनाइएको छ । यसैगरी, मन्त्रालयले एक वर्षमा ९१ करोड ६१ लाख रूपियाँ राजस्व सङ्कलन गरेको छ । मन्त्री देउवाले आफ्नो कार्यकालको पहिलो वर्षमा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाजुरा र अछाममा सुदूरपश्चिम प्रदेश सरकार तथा सङ्घीय सरकारबाट सञ्चालित राष्ट्रिय गौरव र प्रदेश गौरवका आयोजनाको स्थलगत अनुमगन गर्नु भएको छ । यसैगरी, धनगढीको मुख्य बजारमा रहेको कैलालीपुलदेखि हुलाकी सडक जिरो किलोमिटरसम्मको सडक, चिसापनी जङ्गलघाट बडीमालिका सडक खण्ड (गौरीटाँड कमलबजार बाँसकाँडा खण्ड, अछाम) कालोपत्रे र बाजुराको बुढीगङ्गा बिरावगर सडक पुल, मालगाड मोटरेबल पुल र भौनेरा नदी मोटरेबल पुलको शिलान्यास गर्नुभएको छ । वर्तमान सरकारले एक वर्षमा सम्पादन गरेका क्रियाकलाप र उपलब्धि मुख्यरूपमा प्रणालीगत सुधारका सन्दर्भमा रहेको मन्त्री देउवाको भनाइ छ । उहाँले विकास प्रशासन र शासकीय अभ्यासमा तथा वित्तीय सुशासनका क्षेत्रमा रहेका विगतका कमीकमजोरी सुधार गरी दिगो सुशासन र विकासको प्रत्याभूति दिलाउन सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
एसिसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
मलेसियाको बायोमास ओभल मैदानमा आइतबार भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हरायो । पहिलो खेलमा पनि नेपालले हङकङलाई आठ विकेटले नै पराजित गरेको थियो ।
भ्रष्टाचारले राष्ट्रको नैतिक धरातल भासिदै जान्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सिर्जना गर्ने बताउनुभएको छ । उहाँले यसले राष्ट्रको नैतिक धरातल भासिँदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गर्नुभयो ।
कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई
कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन् । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङलामा सञ्चालित प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनल खेलको अन्तिम सेटमा दमक र षडानन्दले १७–१७ अङ्क बनाएका थिए ।
मर्स्याङ्दी जलविद्युत केन्द्रको मुआब्जा वितरण कार्य ९० प्रतिशत पुरा
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण कार्य ९० प्रतिशत पुरा भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण भई काम अन्तिम चरणमा पुगेको हो ।
भ्रष्टाचार देश विकासको बाधक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक तथा निजी क्षेत्रमा सदाचारिताको आधार विकास गर्न ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताउनुभएको छ ।
माघमै फुल्यो लालीगुराँस
चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ । बेँसीसहर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास नगरपालिकाको राइनासकोट, क्व्होलासोथर गाउँपालिका वडा नं १ रापासिङ, वडा नं ६ पसगाउँ, मस्र्याङ्दी गाउँपालिका वडा नं ३ सिउरुङलगायत जिल्लाका अधिकांश स्थानमा समयअगावै लालीगुराँस फुल्न थालेको हो ।
दुप्चेश्वरको यात्रा
नुवाकोटको दुप्चेश्वर मेला जाने हाम्रो योजना बन्यो । सानैमा एक पटक दुप्चेश्वर दर्शन गर्न गएको तर धेरै याद छैन । मङ्सिर १६ गते शनिबार बिहानै सबेरै नुहाएर स्कार्पियो गाडी रिजर्भ गरेर हाम्रो परिवार, काका, काकी र छिमेकी सरिता फुपू र सविना दिदीसमेत यात्रामा लागियो । मनमा धेरै उत्सुकता थियो । नयाँ ठाउँ कहाँ के के देखिने हो । बेत्रावती, त्रिशूली,
नेकपा (एकीकृत समाजवादी)ले १० जिल्लालाई पुरस्कृत गर्ने
सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला पुरस्कृत हुने जनाइएको छ ।
सङ्क्रमणकालीन न्यायको विषय प्रक्रियामै गएर टुङ्ग्याउनुपर्छ : सांसद रमेश लेखक
सांसदहरू कानुन निर्माणमा भन्दा निर्वाचन क्षेत्रको विकासमा बढी केन्द्रित हुने गरेका छन् । हामीले चुनावमा जाँदा मतदातामाझ कानुन तथा नीतिका कुरा नभएर विकासका मुद्दा अघि सारेर चुनाव लड्ने गरेका छौँ ।
बाबु धेरै टाढा नजाऊ है
सूत्रधारः चन्द्रले बुवा सूर्य र आमा धनमायालाई आफ्नै गाडीमा गाउँ पुर्याएर फर्किए । छोरा प्रकाश जन्मिएको बेला स्याहारसुहार गर्न भनेर बुवाआमालाई काठमाडौँ ल्याएका थिए । समय बितेसँगै उता गाउँमा बुवाआमा रोइ रहे, यता सहरमा चन्द्रले बुवाआमालाई बिर्सिए । एक दिन कोठानजिकैको पार्कमा आमा सुशीला र बुवा चन्द्र, छोरा प्रकाशलाई साइकल सिकाउन थाले । सुशीलाः अब बाबुले सजिलै साइकल चलाउन सक्छ । अस्ति अस्ति मैले सिकाएँ, आज हजुर सिकाइस्यो । चन्द्रः ल, ल मज्जाले चलाउ मैले समाइरहेको छु । डराउनु पर्दैन । ...गज्जब, गज्जब, गज्जब ! मेरो छोराले चलायो । मज्जाले चलाउन आइसकेछ !
भ्रष्टाचार नियन्त्रण सामाजिक चेतनाको विकास पनि हो : प्रधानमन्त्री प्रचण्ड
भ्रष्टाचार नियन्त्रण गर्नु र हुनुमा सामाजिक चेतनाको विकास पनि भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।