• १३ वैशाख २०८२, शनिबार

महासमिति बैठकलाई व्यवस्थित गर्न कांग्रेसद्वारा यातायात व्यवस्था उपसमिति गठन

blog

काठमाडौं, माघ २८ गते । नेपाली कांग्रेसले महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा यातायात व्यवस्था उपसमिति गठन गरेको छ ।

आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठक बस्दैछ ।

उक्त बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन कांग्रेसका केन्द्रीय सस्दय खतिवडाको संयोजकत्वमा गठित उपसमितिमा सात सदस्य रहने जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गठित उपसमितिमा योगेन्द्रनाथ कर्माचार्य, केदारनाथ पौडेल, शरद अधिकारी, सानुकाजी प्रजापति,  सुमन गिरी, धर्म भण्डारी र महेश्वर थापा सदस्य हुनुहुन्छ ।