पुनः सञ्चालनमा पिरामिड प्रयोगशाला
सगरमाथाको फेदीमा एघार वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने भएको छ । बजेट अभावमा सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान कूटनीतिको अवधारणा जागृत गर्दै बहुउपयोगी ढाँचामा पुनः सञ्चालन गर्न लागेको हो । केटु केन्द्रित अध्ययन अघि बढाउन बनेको सहमति र सिएनआरले बजेट दिने प्रतिबद्धता आएसँगै पिरामिड प्रयोगशालाको प्रयोग सुनिश्चित भएको हो । नेपाललाई विशिष्ट वैज्ञानिक अध्ययनको केन्द्र बनाउन प्रयोगशालाको सदुपयोगी रणनीतिको खाका बनिसकेको नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “उताबाट बजेट आउनेवित्तिकै अध्ययन अनुसन्धानको नयाँ बाटो खुल्छ ।” जसका लागि नास्टले सिएनआरसँगको सम्झौता पनि नवीकरण गरेर स्वामित्व लिएको छ ।
छोराछोरीको हत्यापछि आमाले चार तलाबाट हाम्फालेपछि...
ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गएराति मृत्यु भयो ।
पल्सर स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी
एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को वर्ष खेलाडी घोषित हुनुभएको छ ।
बाघले १९ वटा खसी–बाख्रा मार्यो
मकवानपुरको बकैया गाउँपालिकामा बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ । बाघले बकैया–६, सुधास्थित स्थानीयका खसी बाख्रा मारेको हो ।
ज्योतिष रिजाल सम्मानित
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल आज एक कार्यक्रमबिच सम्मानित हुनुभएको छ । दक्षिण एसियाली ज्योतिष महासङ्घ केन्द्रीय समिति र एष्ट्रो वास्तु एण्ड साइन्सेस हब पटना भारतको संयुक्त आयोजनामा भएको कार्यक्रममा उहाँ सम्मानित हुनुभएको हो ।
भएन सर्वोच्चको निर्णय कार्यान्वयन
छ महिनाभित्र शोधभर्ना वा क्षतिपूर्ति दिन सर्वोच्च अदालतले गरेको फैसला साढे छ वर्षसम्म कार्यान्वयन हुन सकेको छैन ।
मोहम्मद आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश
रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ ।
जिल्ला अदालतको सुविधा सम्पन्न भवन
मकवानपुर जिल्ला अदालतले आइतबारबाट सुविधा सम्पन्न भव्य भवनबाट सेवा सुरु गरेको छ। हेटौँडा उपमहानगरपालिका २ स्थित भूकम्प प्रतिरोधी, लिफ्ट, अपाङ्गमैत्री र सोलार प्यानल जडित नवनिर्मित भव्य भवनबाट आइतबारदेखि सेवा सुरु गरेको हो ।
अग्नीसाइर कृष्णावरन गाउँपालिकामा तालाबन्दी
सप्तरीको अग्नीसाइर कृष्णावरन गाउँपालिकामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । मालपोत कार्यालय सप्तरीले रोक्का गरेको बजारको जग्गा गाउँपालिकाले फुकुवा गर्न पत्राचार गरेपछि स्थानीयवासीले गाउँपालिका कार्यालयमा आइतबार तालाबन्दी गरेको हो ।
जिभिएन स्कुललाई दुई वर्ष खेलमा प्रतिबन्ध लगाइने
बाँके जिल्ला फुटबल सङ्घले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बाँके जिल्ला फुटबल सङ्घको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरीतको क्रियाकलाप गरेको भन्दै दुई वर्ष र १० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले फागुन ३ गते केन्द्रीय समिति बैठक बोलाइएको हो ।
इजिप्ट र बुल्गेरियाबिच ऊर्जा सम्झौतामा हस्ताक्षर
इजिप्ट र बुल्गेरियालीले रक्षा र प्राकृतिक ग्यासको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । इजिप्टको विदेश मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।
सुडान युद्धले सात लाख बालबालिका कुपोषणको सिकार
संयुक्त राष्ट्र मानव अधिकारवादीहरूले सुडानमा सात लाख बालबालिका जारी द्वन्द्वका कारण कुपोषणको सामना गरिरहेको बताएका छन् ।
अर्थतन्त्र लयमा फर्किसक्यो : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताउनुभएको छ ।
सहयोगी संस्था गएदेखि पढ्न नपाएका सन्देश र रमेश
कालीकोटको तिलागुफा नगरपालिका-७ का छिता शाहीका दुवै छोरा जन्मजात अपाङ्ग छन् । राम्रोसँग बोल्न र हिँड्न पनि नसक्ने उहाँका दुई छोरा रमेश शाही र सन्देश शाहीले विद्यालय देख्ने त कुरै भएन ।
महालेखापरीक्षक चाँडो नियुक्त गरियोस् : सांसद राई
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले महालेखापरीक्षक तत्काल नियुक्त गर्न सरकारसँग माग गर्नुभएको छ ।
सरकारले भूकम्पपीडितको राहतमा ध्यान देओस् : सांसद बोहरा
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) सांसद उदयबहादुर बोहराले पश्चिम नेपालको भूकम्प पीडितहरूको राहत व्यवस्थापन कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सडक सञ्जालले जोडिँदै स्वामिकार्तिकका दुर्गम गाउँबस्ती
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिकाका सबै गाउँ बस्ती सडक सञ्जालले जोडिएका छन् । यहाँका स्थानीयको दैनिक उपभोग्य सामग्री घरमै ढुवानी गर्न सहज हुनेगरी गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकता दिँदै गएपछि यहाँका प्रत्येक गाउँ बस्तीमा सडक जोडिएका हुन् ।
एक वर्षमा ७० हजार ९१५ जना नेपाली स्थायी बसोबासका लागि बिदेसिए
नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासका लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो ।
पाकिस्तान निर्वाचन : १०१ जना स्वतन्त्र उम्मेदवार विजयी
पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्रुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ ।
इजरायली बमबारीमा २५ जना प्यालेस्टिनीको मृत्यु
दक्षिणी गाजापट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।
बिपी प्रतिष्ठानमा ओपिडी सेवा सुचारु
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २८ दिनपछि ओपिडी सेवा लगायत पढाई पुन सुरु भएको छ । गत पुस महिनाको २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सकहरूले १५ वर्षदेखि रोकिएको बढुवाको प्रक्रिया सुचारुको माग गर्दै बिपी प्रतिष्ठानको ओपिडी सेवा लगायत पढाई समेत अवरुद्ध गरेका थिए ।
जाजरकोटका भूकम्पपीडितलाई न्यानो सहयोग (फोटो फिचर)
गत कात्तिक १७ गते गएको भूकम्पका कारण क्षतित पुगेको जाजरकोट भेरी नगरपालिका–२ पोख्राका बासिन्दालाई डस्ना, ब्ल्याङ्केट लगायतका सामान हस्तान्तरण गरिएको छ ।
अपाङ्गता भएकालाई समावेशी र समान पहुँचयोग्य बनाउनुपर्नेमा जोड
अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, आयआर्जनलगायतका सेवामा समावेशी र समान पहुँच हुन नसकेको बताउनुभएको छ ।