• १३ साउन २०८१, आइतबार

सुडान युद्धले सात लाख बालबालिका कुपोषणको सिकार

blog

सुडान, माघ २८ गते । संयुक्त राष्ट्र मानव अधिकारवादीहरूले सुडानमा सात लाख बालबालिका जारी द्वन्द्वका कारण कुपोषणको सामना गरिरहेको बताएका छन् ।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का प्रवक्ता जेम्स एल्डरले सुडानको अवस्थालाई संसारको सबैभन्दा ठुलो बालबालिकाको विस्थापन भनी वर्णन गर्नुभएको छ ।

जसमा ४० लाख बालबालिका विस्थापित भएका छन् । मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले भर्खरै सुडान भित्रको अत्यावश्यक आवश्यकताहरू सम्बोधन गर्न २.७ बिलियन अमेरिकी डलरका लागि आह्वान गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल