• १२ साउन २०८१, शनिबार

ज्योतिष रिजाल सम्मानित

blog

गोरखापत्र अनलाइन

काभ्रेपलान्चोक, माघ २८ गते । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल आज एक कार्यक्रमबिच सम्मानित हुनुभएको छ । दक्षिण एसियाली ज्योतिष महासङ्घ केन्द्रीय समिति र एष्ट्रो वास्तु एण्ड साइन्सेस हब पटना भारतको संयुक्त आयोजनामा भएको कार्यक्रममा उहाँ सम्मानित हुनुभएको हो ।

धुलिखेलमा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा ज्योतिषीय क्षेत्रमा गरेको योगदान स्वरूप उहाँलाई सम्मानित गरिएको हो । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाका ज्योतिषको रूपमा चिनिनुहुने रिजालले जीवनको महत्त्वपूर्ण समय ज्योतिष तथा वास्तुका क्षेत्रमा समर्पित गरेको बताउनुभयो । उहाँ दक्षिण एसियाली ज्योतिष महासङ्घ राष्ट्रिय समितिका उपाध्यक्ष हुनुहुन्छ । सम्मेलनको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नुभएको थियो ।