• ४ जेठ २०८१, शुक्रबार

भ्रष्टाचार नियन्त्रण सामाजिक चेतनाको विकास पनि हो : प्रधानमन्त्री प्रचण्ड

blog

काठमाडौँ, माघ २८ गते । भ्रष्टाचार नियन्त्रण गर्नु र हुनुमा सामाजिक चेतनाको विकास पनि भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । 

नवीन प्रविधिहरूको विकाससँगै भ्रष्टाचार नियन्त्रण थप जटिल भएकाले यसको नियन्त्रणका लागि निष्पक्ष रूपमा नवीनतम प्रविधिको प्रयोग गर्दै अगाडी बढ्नु पर्ने बताउनुभयो । भ्रष्टाचार नियन्त्रणमा सरकार हदै सम्म निर्मम रहेको र स्वतन्त्र छानबिन र अनुसन्धानमा सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो । 

भ्रष्टाचार नियन्त्रणमा भूमिका बोकेको आयोगले सुशासन प्रवर्द्धनमा खेलेको भूमिका प्रति आभार समेत व्यक्त गर्नुभयो । उहाँले आयोगको कार्य प्रणाली र क्षेत्र विस्तारमा सरकार लागि पर्ने बताउनुभयो ३३ औ स्थापना दिवस मनाइ रहेको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश हरिप्रसाद प्रधान,प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ ।