• १२ मंसिर २०८१, बुधबार

सेवाग्राहीलाई आयोडिनयुक्त नुन वितरण

blog

नुन वितरण कार्यक्रममा स्थानीयबासीहरु । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, माघ २६ गते  । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य शाखाले स्थानीय सेवाग्राहीलाई आयेडिनयुक्त नुन निःशुल्क वितरण गरेको छ । आयोडिनयुक्त नुनको सही रुपमा प्रयोग गर्न र यसका फाइदाबारे जानकारी गराउँदै सहभागीलाई एक– एक पोका नुन प्रदान गरिएको हो ।

‘थोरै खाऔं सही मात्रामा खाऔं, दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुन नै खाऔं’ नारासाथ फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउन शाखाद्वारा कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताउनुभयो । 

उहाँले आयोडिनयुक्त नुनको महत्व, यसको उचित प्रयोग, फाइदाबारेमा जानकारी गर्ने काम भएको बताउनुभयो । आयोडिनबाट मानिसका चारवटा अवस्था गर्भावस्था, बाल्य अवस्था, किशोर अवस्था र बृद्ध अबस्थामा उत्तिक्कै महत्व हुने भएकाले यसको ब्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताउँदै उहाँले गाउँपालिका केन्द्रमा अन्तरक्रिया गरिएको छ । 

कार्यक्रममा सहभागी दुईसय जनालाई आयोडिनयुक्त नुनका पोका प्रदान गरिएको छ । नुन स्वास्थ्य शाखाले खरिद गरी वितरण गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष लालकेश जैसीले सबैले अनिवार्य रुपमा आयोडिनयुक्त नुनको प्रयोग गर्नु आवश्यक रहेको बताउनुभयो ।