• १० मंसिर २०८१, सोमबार

प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

blog

काठमाडौँ, माघ २६ गते । प्रदेश लोकसेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोकसेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । 

सूचना नं. १६४– २०८०/८१ मा माघ २५ गते आयोगको पूर्व प्रकाशित सूचना अनुसारको माघ २९ गते र सो पछिका सम्पूर्ण लिखित परीक्षाको कार्यक्रम प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभएसम्मका लागि हाललाई स्थगन गरिएको जनाएको हो । आयोगले माघ २५ गते निर्णय गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।