• १३ साउन २०८१, आइतबार

फेदीखोलामा 'ल्याब इन ए ब्याग' कार्यक्रम

blog

अर्जुन काफ्ले

स्याङ्जा, माघ २६ गते । फेदीखोला गाउँपालिकाले नागरिकको सरल र सहज स्वास्थ्य पहुँचको लागि टोल–टोलमा ल्याब सेवा ल्याएको छ । मोबाइल र सफ्टवेरको प्रयोगबाट कुनै व्यक्तिको बढीमा २० मिनटमा २५ प्रकारका स्वास्थ्य परीक्षण गर्न सकिने छ । 

प्राथमिक स्वास्थ्य स्क्रिनिङ (जीवन सूचक, ल्याब ईन ब्याग) कार्यकम यहाँ वडा नं २ गैरिश्ववारा निवासी राम बहादुर सुनारको विभिन्न स्वास्थ्य परीक्षण गरी प्राप्त रिपोर्ट  हस्तान्तरण गरेर सुरुवात गरिएको हो । 

ल्याब इन ए ब्याग कार्यक्रम हरेक नागरिकको घरदैलोमै पुगेर इसिजी, पल्स रेट, स्वासप्रस्वास दर, अक्सिजन सेचुचन, सुगरको मात्रा, युरिया क्रिटानाइन लगायतका २७ 

प्रकारका परिक्षण गर्ने र तत्काल ल्याब नतिजा हातमै उपलब्ध गराउने इजरायली प्रविधिको जाँच गर्ने सुविधा हो । यसअघि काठमाडौं महानरपालिका साथै स्याङ्जाको काली गण्डकीमा छ महिना पहिलाबाट सुरु भएको प्रविधिको सेवा हो । 

विगतमा घर घरममा पुगेर जेष्ठ नागरिक सेवा, सुत्केरी स्याहार गरेको फेदीखोलाले थप सेवा सहित टोल टोलमा ल्याब सेवा अगाडी बढाएको हो । पालिकाका तालिम प्राप्त स्वास्थ्यकर्मीहरू टोल टोलमा पुगि नागरिकको स्वास्थ्य जाँच र तत्काल ल्याब नतिजा दिने कार्यबाट गाउपालिकाका नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने विश्वास लिएको छ । 

यस्तै, इजरायली प्रविधीको ल्याब इन ए ब्यागले अज्ञानताका कारण बढ्ने रोगको कमी आउने अपेक्षा पालिकाले गरेको छ । स्वास्थ्य पमुख खिल प्रसाद पौडेलले किटको प्रयोग गरी मोबाइल सफ्वेयरमार्फत् चिनीको मात्रा(मधुमेय) र पिसाबको परिक्षण गर्न सकिने बताउनुभयो । उहाँले ९० सेकेन्ड मोबाइलमा हेरिरहदा मोबाईल एपले ब्लड प्रेसर, हर्ट रेट, कारर्डिक स्टे«स, मुटुको अवस्थाको जानकारी पाउन सकिने बताउनुभयो । 

मोवाइल एफको प्रयोगबाट पिसाबमा हुने विभिन्न १४ प्रकारका प्यारामिटर हेर्ने सकिने बताउँदै दुर दृष्टिको चेक गर्न सकिने तथा मोटोपनाको अवस्था पत्ता लगाउने पौडेलले बताउनुभयो । 

पालिका अध्यक्ष घनश्याम सुबेदीले प्राथमिक स्वास्थ्य परिक्षणपछि तत्काल थर्मल प्रिन्टरबाट रिपोर्ट दिने र अनलाइनमा सुरक्षित रुपमा रहने हुँदा यसलाई ड्यासबोर्ड्बाट प्रत्येक नागरिकको रिपोर्टको डाटा हेर्ने सकिने बताउनुभयो । 

रोग पत्ता लगाएको बिरामीलाई स्वास्थ्यकर्मीले थप सल्लाह सुझाव दिने छन् भने असक्क्त र विपन्न घरपरिवारको नागरिकलाई हस्पिटल जान आवश्यक सहजीकरण गरिने सुबेदीले बताउनुभयो । अहिले एक वटा मात्र उपकरणमार्फत् पालिकाले काम अगाडि बढाएको छ भने भने आगामी आर्थिक वर्षबाट हरेक वडामा एक एक वटा ल्याब झोला बोकेर स्वास्थ्य कर्मी टोल टोलमा जाने छन् ।