• ७ वैशाख २०८२, आइतबार

एआईको प्रयोग गीतमा

blog

काठमाडौँ, माघ २९ गते । एआई प्रविधिमा निर्माण गरिएको भिडियो ‘तिमी जे बन उदाहरण बन’ ले बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश दिन खोजेको छ । आइतबार सार्वजनिक भएको गीतमा प्रमोद खरेल र डा. त्रिशाला गुरुङको स्वर, मनोज खड्काको शब्द र कल्याण सिंहको सङ्गीत रहेको छ ।

गीतले विद्यार्थीलाई राम्रा बानी व्यवहार अपनाउन प्रोत्साहित गरेको छ । गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इन्जिनियर, पाइलट जस्ता निश्चित पेसामा लागेको देख्न रुचाउने परम्परागत सोचभन्दा माथि उठेर जे जस्तो काम, पेसा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न प्रेरणा दिने प्रयास गरेको छ ।