• १२ साउन २०८१, शनिबार

लोकभजन, चुड्का प्रतिष्ठान गठन

blog

हेटौँडा समाचारदाता

हेटौँडा, माघ २९ गते । मौलिक संस्कृति संरक्षणका लागि मकवानपुरमा लोकभजन, चुड्का तथा संस्कृति संरक्षण प्रतिष्ठान गठन गरिएको छ । 

रुक्मिणी सुवेदीको अध्यक्षतामा २१ सदस्यीय प्रतिष्ठानको जिल्ला कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा टेकप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा प्रतीक्षा चौलागाईं, सचिवमा सुभाषचन्द्र कँडेल, सहसचिवमा नानीराम दुलाल, कोषाध्यक्ष रामप्रसाद फुयाँल, सहकोषाध्यक्षमा गहन खतिवडा रहनुभएको छ । कार्यक्रममा विभिन्न खैँजडी, भजन एवं नौमति बाजा समूहले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।