विदेशी चलचित्रका लागि पनि नेपाल आकर्षक गन्तव्य
पछिल्लो समय प्राकृतिक सुन्दरता भएका स्थानमा चलचित्र र म्युजिक भिडियोको छायाङ्कन गर्ने क्रम बढेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका सांस्कृतिक सम्पदा क्षेत्र वरिपरि छायाङ्कन गर्ने प्रवृत्तिलाई छाडेर चलचित्र निर्माता मुस्ताङलगायतका सगरमाथा, चितवन, बागलुङ, पोखरा, लुक्ला, नाम्चे, जोमसोम, नगरकोट र हिमाली उपत्यकाका स्थललाई चलचित्र छायाङ्कनको गन्तव्य छान्न थालेका छन् ।
विदेशी लगानी प्रतिबद्धता घट्यो
चालु आर्थिक वर्षको माघ महिनामा विदेशी लगानी प्रतिबद्धतामा आधाले कमी आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको पुस महिनाको तुलनामा माघ महिनामा विदेशी लगानी प्रतिबद्धता आधाले घटेर १५ वटा परियोजनामार्फत ३४ करोड ५० करोड रुपियाँमा झरेको छ ।
नेपाली उत्पादनलाई प्राथमिकता दिन जोड
देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको ३० औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा सहभागीले सो कुरामा जोड दिएका हुन् ।
गुम्यो चाँगुनारायणको मौलिकता
जिम्मेवार निकाय र पदासीन व्यक्तिको लापरबाहीका कारण चाँगुनारायणको मूल मन्दिरको मौलिक स्वरूप गुमेको छ । पुरातत्व विभाग र त्यस अन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचार अड्डा भक्तपुर तथा चाँगुनारायण नगरपालिका र चाँगुनारायण विकास समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पुजारीको लापरबाहीका कारण यस्तो अवस्था सिर्जना भएको हो । २०७२ वैशाख १२ को भूकम्पपछि जीर्णोद्धार गरिँदा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालकै पुरानो मन्दिरको पहिचान नै मेटिएको विज्ञहरूको भनाइ छ ।
हचुवामा कर्मचारी नहटाउन निर्देशन
राष्ट्रिय सतर्कता केन्द्रले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत करार तथा अस्थायी सेवाका कर्मचारीलाई हचुवाका भरमा नहटाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत तीनै तहको सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावलीबमोजिम प्रधानमन्त्रीस्तरबाट भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
राजनीतिक दलको आयव्यय, बयासी दलले बुझाए विवरण
निर्वाचन आयोगमा ८२ राजनीतिक दलले आर्थिक वर्ष २०७९/८० को आयव्ययको विवरण बुझाएका छन् । राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ मा आयव्ययको विवरण बुझाउँदा महालेखा परीक्षकको कार्यालयले औँल्याएका त्रुटिसहितको प्रतिवेदन भने अझै कार्यान्वयन भएको छैन ।
आज वसन्तपञ्चमी
विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजा बुधबार विविध कार्यक्रमसाथ मनाउन लागिएको छ । यही दिनको साइत पारेर अभिभावकले नानीबाबुलाई अक्षर चिनाउने कार्य शुभारम्भ गर्दै छन् । यस दिनमा नवीन कार्य प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ । वसन्तपञ्चमीकै दिनदेखि शिक्षण संस्थाले पनि विविध छुट कार्यक्रमसाथ विद्यार्थी भर्ना आह्वान गरेका छन् । यस दिन भर्ना हुन आएका विद्यार्थीलाई भर्ना शुल्क नलाग्ने तथा मासिक शुल्कमा समेत आकर्षक छुट दिने प्रस्तावसाथ शिक्षण संस्थाले प्रचार प्रसार गरिरहेका छन् ।
खगेन्द्र नवजीवन केन्द्रको बेथिति : अपाङ्ग कल्याण कोषबाट पदाधिकारीलाई गाडी
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित दृष्टिविहीन ५४ वर्षीय न्हुच्छेबहादुर माझी मुटुरोगसँग लडिरहनुभएको छ । दृष्टिविहीन हुँदा झेल्नुपरेको सङ्घर्ष छँदै थियो । त्यसमाथि मुटुको रोग पनि थपिएको छ । चिकित्सकले २०७७ सालमै मुटुको भल्भ फेर्नुपर्ने सल्लाह दिए पनि स्वास्थ्यमा सामान्य सुधार आएपछि उहाँ नियमित स्वास्थ्य परीक्षण र औषधी सेवन गरिरहनुभएको छ । २०३६ सालदेखि खगेन्द्र नवजीवन केन्द्रमै रहनुभएका माझीलाई अहिले स्वास्थ्योपचारमा निकै सकस बेहोर्नुपरिरहेको छ ।
छ केजी सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पक्राउ
कास्की प्रहरीले स्रोत नखुलेको छ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई पक्राउ गरेको हो ।
९२ जना जनयुद्धका सहिद, वेपत्ता तथा घाइते परिवारलाई सम्मान
बाँकेको राप्तीसोनारी गाउँपालिकामा ९२ जनयुद्धका सहिद, वेपत्ता, घाइते तथा अपाङ्ग परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
गोरखापत्रकर्मी चालिसे सम्मानित
भक्तपुर कटुञ्जेस्थित ऊँ माध्यमिक विद्यालयले ४२ औं स्थापना दिवसको अवसरमा आफ्ना पूर्व विद्यार्थीलाई मङ्गलबार एक समारोहका बीच सम्मान गरेको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकालीलाई
दार्चुला जिल्ला सदरमुकाम खलङ्गास्थित शिवनगर खेलमैदानमा सञ्चालित १४औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली नगरपालिकाले जितेको छ । महाकालीले १९ स्वर्ण, १० रजत, ९ कांस्य गरी कुल ३८ पदक प्राप्त गर्दै उपाधि उचालेको हो ।
गोरखापत्रकर्मी मिजार सम्मानित
हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्रकुमार मिजार सम्मानित हुनु भएको छ ।
जेलमा रहेका पूर्व थाई प्रधानमन्त्री थाक्सिन रिहा हुने : न्यायमन्त्री
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताउनु भएको छ ।
विकास बजेट बढी भएका मन्त्रालयमा न्यून खर्च
चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकोमा गत पुस मसान्तसम्म पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख खर्च भएको छ ।
आइचरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ अन्तर्गत अरनिको राजमार्गको ५० किलोमा सवारी साधन एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
राष्ट्रिय बेटी सम्मेलन, कर्णाली घोषणापत्र जारी
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आयोजना गरिएको छैटौँ राष्ट्रिय बेटी सम्मेलन ‘सत्र बुँदे कर्णाली घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ ।
नेप्से परिसूचकमा ३० दशमलव ५६ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को बिन्दुमा कायम भएको छ । आज तीन सय पाँच कम्पनीका एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता शेयर ८२ हजार आठ सय ९९ पटक खरिद बिक्री भएका छन् ।
अर्जुन र राज्यलक्ष्मीलाई गुरिल्ला म्याराथन उपाधि
रूकुमपश्चिमको सानीभेरी गाउँपालिकामा भएको राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन–२०८० को उपाधि सोलुखुम्बुका अर्जुन राई र जुम्लाकी राज्यलक्ष्मी रावलले जित्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजिटल वक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण
नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ ।
चेपाङ समुदायका विपन्न किसानलाई उन्नत जातका बोका र बाख्रा
उन्नत जातको बोका र बाख्रा पाएपछि चेपाङ समुदायका विपन्न किसानहरू खुसी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका-७ मा रहेको विपन्न चेपाङ समुदायका किसानहरूलाई जीविकोपार्जन सहयोगका लागि उन्नत जातको बाख्रा तथा बोका वितरणले राहत भएको गण्डकी गाउँपालिका-७ का अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभयो ।
अक्सफोर्डलाई बुटवल मेयर कप उपाधि
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ । फाइनल खेलमा नवीन औद्योगिक माविलाई १–० गोलले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।
चिनद्वारा इजराइललाई रफाहमा छिटो सैन्य कारबाही रोक्न आग्रह
चीनले मङ्गबार इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भीर मानवीय प्रकोप हुने चेतावनी दिएको छ ।
ज्ञानेन्द्र, शक्ति र रिजन अब लेभल–२ प्रशिक्षक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्रजुले आइसिसी लेभल–२ कोचिङ (प्रशिक्षक) कोर्स पूरा गर्नुभएको छ ।