गोरखापत्र समाचारदाता
भक्तपुर, फागुन १ गते । भक्तपुर कटुञ्जेस्थित ऊँ माध्यमिक विद्यालयले ४२ औं स्थापना दिवसको अवसरमा आफ्ना पूर्व विद्यार्थीलाई मङ्गलबार एक समारोहका बीच सम्मान गरेको छ ।
विद्यालयका प्रधानाध्यापक सानु घिमिरे र निर्देशक धनप्रकाश घिमिरेले मुलुकको जेठो पत्रिका गोरखापत्रमा आवद्ध रही सञ्चार क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै पूर्व छात्रा राधा चालिसेलाई सम्मान गर्नुभएको छ ।
यसैगरी, नेपालमा लोपोन्मुख अवस्थामा रहेको सालकका विषयमा खोज अनुसन्धान गरी विद्यावारिधि गरिरहनु भएका पूर्व विद्यार्थी प्रतिभा कस्पाललाई पनि सम्मान गरेको छ ।
विद्यालयका पूर्व विद्यार्थी एवं भक्तपुर जिल्ला खेलकुद परिषदका अध्यक्ष दीपक थापा, सिनेकर्मी मनिष राउतलाई पनि सम्मान गरिएको छ । सोही अवसरमा विद्यालयले २०७७ र २०७९ सालको एसईई परीक्षामा सम्मिलित विद्यार्थीहरुलाई पनि बिदाइ ग¥यो ।
समारोहमा प्रधानाध्यापक सानु घिमिरले सम्मानित पूर्व विद्यार्थीहरुले शिक्षा आर्जनसँगै समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याइरहेका बताउनुभयो ।