बिहीबारदेखि मौसममा सुधार हुने
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार भोलि बिहीबारदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।
भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै
भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ ।
मेडिकल कलेजमा बिएलएमटीको पढाइ
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका –५ सुंगरखालमा रहेको डडेल्धुरा अस्पतालमा स्थापना गरिएको डडेल्धुरा मेडिकल कलेजमा बिएमएलटी (व्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) पढाइ सुरु भएको छ ।
आगलागीबाट घर जलेर नष्ट
गौमुल गाउँपालिका वडा –१ माडीमा आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । हिजो बेलुका ८ः३० बजेको समयमा घरमा सुतिरहेको अवस्थामा आगलागी भएको थियो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो ।
सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’
नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत आसामका प्राज्ञ नव सापकोटा र दार्जिलिङकी स्नेहलता राईलाई प्रदान गर्ने भएको छ ।
२०८१ सालका बिदा सार्वजनिक (विस्तृत विवरणसहित)
नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ ।
हामीलाई सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ ।
विभिन्न बहानामा करोडौँ ठगी गर्ने चार प्रक्राउ
विभिन्न बहानामा कराेडौँ ठगी गर्ने चार जना प्रक्राउ परेका छन् ।
तिलौराकोटको उत्खननमा भेटियो यू आकारको बौद्ध मन्दिर
प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटको उत्खननमा यू आकारको बौद्ध मन्दिरको भग्नावशेष फेला परेको छ ।
महेन्द्र बहुमुखी क्याम्पसको भवन शिलान्यास
धनुषाको ढल्केबरमा महेन्द्र बहुमुखी क्याम्पसको भवन शिलान्यास गरिएको छ ।
भारतीय खुद्रा मुद्रास्फीति ५.१ प्रतिशतले घट्यो
भारतमा खुद्रा मुद्रास्फीति जनवरी २०२४ मा ५.१० प्रतिशतले घटेको छ ।
माओवादी केन्द्रको विधान अधिवेशन : समूगत सुझाव सङ्कलन सुरु
नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको दोस्रो दिन बुधबार समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ ।
भुइँमा पछारेर आठ महिनाको नाबालकको हत्या
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आठ महिनाको बालकको हत्या भएको छ । नाबालकलाई भुइँमा पछारेर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
गोरु काटेको आरोपमा तीन जना पक्राउ
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ८ बाट गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
गरिव र विपन्नले उपचार पाउने क्रम बढेको छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिव र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गर्नुभएको छ ।
एसिसी महिला प्रिमियर कप : नेपाल सेमिफाइनलमा
नेपाल मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
कोशीटप्पुद्वारा अढाई वर्षमा एक करोड पाँच लाख राहत वितरण
सुनसरीको कोशी टप्पुवन्य जन्तु आरक्षले अढाई वर्षमा एक करोड पाँच लाख बढी राहत रकम वितरण गरेको छ ।
रफाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी
रफाहमा इजरायली सैन्य कारबाहीले गाजामा नरसंहार निम्त्याई निरीह मानिसहरूकाे मृत्यु हुनसक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला उप–महासचिव मार्टिन ग्रिफिथ्सले मङ्गलबार जारी गर्नुभएको छ ।
हावाहुरीका कारण अष्ट्रेलियामा एक लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध
शक्तिशाली आँधीका कारण पूर्वी अष्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीहरूले बुधबार बताएका छन् । भिक्टोरिया राज्यको ठूलो भू
विस्थापित बस्तीलाई स्थानान्तरणमा सकस
बाजुराका बाढीपहिरोबाट विस्थापित बस्तीलाई स्थानान्तरणमा सकस भएको छ ।
१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए खुलाउने प्राधिकरणको निर्णय
नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ ।
राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।
कृषि बीमामा किसानको आकर्षण बढेन
सुदूरपश्चिममा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो ।