महिलालाई उद्यमी बनाउन राष्ट्रिय सम्मेलन
उद्यमशीलतामा महिला सहभागिता बढाउने लक्ष्यसहित भैरहवामा हुन लागेको ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’ को तयारी पूरा भएको छ । ‘महिलालाई लगानी, घर–घरमा उद्यमी’ नाराका साथ भैरहवामा शुक्रबारदेखि दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’ हुन लागेको हो ।
एक हजार कैदीको निःशुल्क स्वास्थ्य बिमा
कारागार व्यवस्थापन विभाग महानिर्देशक काशीराज दाहालले केन्द्रीय कारागार, नख्खु कारागार र डिल्लीबजार कारागारमा रहेका कैदीहरुको स्वास्थ्य बिमा गरेको विभागका जानकारी दिनुभयो ।
वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’
न दिन भन्न पाइन्छ, न रात । महोत्तरीका गाउँ नगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन् ।
उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ ।
शान्तिसुरक्षा र सुशासनका पक्षमा गुणात्मक काम गर्नुस् : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षक (एसपी)हरुलाई शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिनुभएको छ ।
सञ्चार क्षेत्रलाई ज्ञानमा आधारित उद्योग बनाउनुपर्छः मन्त्री श्रेष्ठ
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले ज्ञानमा आधारित उद्योगको रुपमा सञ्चार क्षेत्रलाई विकास गर्नुपर्ने बताउनुभएको छ ।
नेपालमा मोनोरेलका लागि दक्षिण कोरियासँग ६ वटा सम्झौता
दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाका लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बाँकेमा निरन्तर बजार अनुगमन जारी
बाँकेका विभिन्न स्थानका नागरिकहरुबाट प्राप्त गुनासो सम्बोधन गर्दै बजार अनुगमनलाई नियमित र निरन्तर जारी राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्याउनुपर्ने बाध्यता हट्यो
इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका उहाँले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग हुनुहुन्छ
डिजाइन परिवर्तनपछि अगाडि बढ्यो पुल निर्माण
कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा दोजाम कर्णालीमा निर्माणधिन पुलको निर्माण कार्य अगाडि बढेको छ ।
चुहावट नियन्त्रण गर्दै पालुङ वितरण केन्द्र
उत्तरी मकवानपुरमा रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण गर्ने अभियान थालेको छ ।
इजरायल–हमास द्वन्द्वबिच टर्कीका राष्ट्रपतिकाे इजिप्ट भ्रमण
इजरायल–हमास द्वन्द्वबिच टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले इजिप्टको भ्रमण गर्नुभएको छ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बुधवार टर्कीसँगको देशको सम्बन्धमा एक साथ नयाँ अध्याय खोल्न प्रयास गर्न आह्वान गर्नुभयो ।
इजरायलमा लेबनान रकेट आक्रमण : एकको मृत्यु, सात घाइते
लेबनानबाट इजरायलको उत्तरी शहर सफेदमा भएको रकेट आक्रमणमा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएको इजरायलको आपतकालीन सेवाले जनाएको छ ।
कपिलवस्तुमा बस दुर्घटना : मृतक १० जनाकै सनाखत
कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।
साङ्गीतिक र पत्रकारिता क्षेत्रका चार जना सम्मानित
झापाको दमकस्थित बिहानी कला केन्द्रले साङ्गीतिक र पत्रकारिता क्षेत्रका ४ जनालाई सम्मान गरेको छ । केन्द्रले वरिष्ठ गायक तथा संगीतकार विशाल राई र संगीत साधक यशोदा शाक्यलाई सांगितिक क्षेत्रमा विशिष्ट योगदान गरेको जनाउँदै केन्द्रले सम्मान गरेको हो ।
डिपिआर बनेको बित्यो दुई वर्ष : प्रादेशिक औद्योगिक क्षेत्र अलपत्र
कर्णाली प्रदेशमा बजेट अभावले प्रादेशिक औद्योगिक क्षेत्र स्थापना कार्य अघि बढ्न सकेको छैन । आर्थिक वर्ष २०७७/७८ बाट प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने गरी काम अघि बढाइएको थियोे । कर्णाली प्रदेश सरकारले भेरीगङ्गा नगरपालिका–८, मैनतडामा प्रादेशिक औद्योगिक क्षेत्र प्रस्ताव गरेको थियो । भेरीगङ्गा नगरपालिकाले प्रदेश सरकारलाई ९९ रोपनी जग्गासमेत उपलब्ध गराएको छ । प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण गरिएको छ । प्रदेशको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको हो । साढे दुई वर्षअघि डिपिआर निर्माण गरिएको भए पनि कुनै पनि ठोस काम अघि बढ्न सकेको छैन । निर्देशनालयले २०७८ जेठ १८ गते डिपिआर निर्माण गरेको हो ।
आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
भुटान जिता-क्योइ जुडोमा नेपाललाई तीन स्वर्ण
भुटानको थिम्पुमा सम्पन्न दोस्राे भुटान जिता-क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्ण र २ रजत पदक जितेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशन आज सकिँदै छ । सम्मेलनमा बिहीबार सात समूहगत छलफलको निष्कर्ष सुनाइने छ ।
दुई महिनादेखि अँध्यारो
रुपन्देहीको ऐतिहासिक तथा धार्मिक स्थल मलमला मन्दिर यस क्षेत्रका हजारौँ भक्तजनको आस्थाको केन्द्र हो । मलमला मन्दिरमा दैनिक दर्जनौँ दर्शनार्थी पूजापाठका लागि पुग्ने गर्दछन् तर यही मन्दिरमा विगत दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । बस्तीदेखि टाढा र चुरे पहाडको माथि जङ्गलमा मन्दिर रहेकाले बिहान र साँझ दर्शन गर्न पुग्ने भक्तजनले विद्युत् नहुँदा असुरक्षित महसुस गर्नु परेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–६ मा रहेको मन्दिर क्षेत्रमा अवरुद्ध भएको बिजुली जोड्नेतर्फ मलमला एकीकृत सामुदायिक विकास केन्द्रले कुनै चासो दिएको छैन । उक्त क्षेत्रमा गत मङ्सिर २५ गते विद्युत् सर्ट भएयता बिजुली बलेको छैन ।
दुई संसदीय समितिको बैठक बस्दै
सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा विद्यमान राजश्व संकलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरुमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनुका साथै सोह्रौं पञ्चवर्षिय योजनाको मस्यौदा सम्बन्धमा छलफल हुनेछ ।
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्ने साइनबोर्ड टाँस गरिएको छ । दुई वर्षअघि बनेको ६० मिटर लम्बाइ भएको सो पुलका लागि पाँच करोड ९६ लाख १२ हजार १३० रुपियाँ लगानीमा रोजेन्द्र थेगिम जेभी कैलालीले निर्माणको जिम्मा लिएको थियो ।