• १० पुस २०८१, बुधबार

दुई संसदीय समितिको बैठक बस्दै

blog

काठमाडौं, फागुन ३ गते । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । बिहीबार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा विद्यमान राजश्व संकलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरुमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनुका साथै सोह्रौं पञ्चवर्षिय योजनाको मस्यौदा सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपाल सरकार, प्रदेश र स्थानीय तहबिच र प्रदेश तथा स्थानीय तहबिच राजश्व बाँडफाँट गर्ने विस्तृत आधार, प्रकृया, सूचक तथा ढाँचाको सम्बन्धमा, नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्युनतम अनुदान निर्धारण गर्ने प्रक्रिया तथा विधि, आधार र सूचकको सम्बन्धमा छलफल हुनेछ ।