बसपार्क निर्माण कागजमा सीमित
पूर्वी नवलपरासीमा बसपार्क नहुँदा पार्किङको समस्या निम्तिएको छ । बर्सेनि सवारीसाधनको सङ्ख्या बढ्दै गए पनि बसपार्कको व्यवस्था नहुँदा राजमार्ग छेउछाउमा अव्यवस्थित पार्किङको समस्या बढ्दो छ । यो समस्या भित्री सडकमा समेत देखिन थालेको छ । सङ्घीय संरचनापछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कायम भएको पनि आठ वर्ष बितिसकेको छ तर अझै जिल्लामा बसपार्क निर्माण हुन सकेको छैन । केही पालिकाले बसपार्क पार्किङका काम अघि बढाए पनि फितलो तयारीका कारण सवारीसाधन सडकमै राख्नुपर्ने अवस्था छ ।
उद्योगमा दक्ष कामदार अभाव
रुपन्देहीका उद्योगी व्यवसायीले दक्ष जनशक्ति नहुँदा अझै पनि भारत र तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन् । रुपन्देहीमा रहेका ठुला उद्योगमा अहिले पनि ठुलो सङ्ख्यामा भारतीय कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताउँदै उद्योगीले नेपाली विभिन्न तालिम तथा प्राविधिक क्षेत्रमा दक्ष नहुँदा समस्या परिरहेको बताएका हुन् । नेपालमा थुप्रै तालिमप्रदायक संस्थाले प्राविधिक क्षेत्रका तालिम सञ्चालन गरे पनि ती तालिमबाट उत्पादित जनशक्तिले उद्योगी व्यवसायीको आवश्यकता पूरा गर्न नसकेको उद्योगीको भनाइ छ ।
एसिसि वुमेन्स प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै
एसीसी वुमन्स प्रिमियम कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजो बायोमास ओभलमा सुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।
जीवनस्तर सर्वेक्षणको सन्देश
मुलुकमा राजनीतिक परिवर्तन जुन रूपमा हुँदै आएको छ, सो अनुरूप सर्वसाधारणको दैनिक जीवनस्तरमा भने परिवर्तन आउन सकेको देखिँदैन । गाँस, बास र कपास जस्तो जीवन धान्न अपरिहार्य आवश्यकता जुटाउनमै अधिकांश नेपालीको दिनचर्या बितिरहेको छ । यिनै कुराको समाधान गर्न राजनीतिक कालखण्डका अनेक चरणमा एसियाली मापदण्ड, गरिबसँग विश्वेश्वर, नयाँ नेपाल, समृद्ध नेपाल सुखी नेपाली जस्ता अनेक नारा अगाडि सारिए । नेपालको संविधानले नै प्रत्येक नागरिकका लागि सम्मानपूर्वक बाँच्न पाउने हक स्थापित गरेको छ । यसका लागि आवश्यक पर्ने यावत् नागरिक हकहरू संविधानमा निर्दिष्ट गरिएको छ । व्य
महासमिति बैठकका अपेक्षा
यही फागुन ७ गतेबाट नेपाली कांग्रेसको नीति महासमिति बैठक बस्दै छ । यो बैठकले कांग्रेसको आन्तरिक जीवनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । कांग्रेसलाई पूर्ण लोकतान्त्रिक पार्टीका रूपमा सञ्चालन गर्न केही प्राविधिक, व्यावहारिक तथा नीतिगत समस्या छन् । ती समस्या समाधान गर्न यो महासमिति सफल हुने आमकांग्रेसजनको विश्वास छ । कांग्रेस पुरानो र जेठो पार्टी भएकोमा गर्व गर्ने अवसर पाए जसरी नै विरासतमा केही जीर्ण रोगको भारसमेत वर्तमान पुस्ताले बोक्नु परेको छ । वडादेखि केन्द्रीय तहसम्म वृद्ध नेताहरू हुनुहुन्छ । उहाँहरूको योगदान प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भएकोमा दुई मत छैन । वर्तमानका चुनौतीको सामना गर्न प्रविधिमैत्री, अध्ययनशील तथा भविष्य द्र
सुरक्षित आवासको पर्खाइमा मुक्त हलिया
डेढ दशकअघि हलियाबाट मुक्त भएका वैशाखा शिविरमा बस्दै आएका ५० वर्षीय हजारी लुहार सुरक्षित आवास पाउने आशमा बीस बढी पटक शुक्लाफाँटा नगरपालिका कार्यालय धाउनुभएको छ ।
युवा टिकाउन शिक्षासँगै रोजगारी
उच्च शिक्षा अध्ययनका लागि वार्षिक एक लाखभन्दा बढी विद्यार्थी बिदेसिने गरेका छन् । विश्वका ७१ भन्दा बढी देशमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जाने गरेका छन् । दिनमा सरदर पाँच सय विद्यार्थीले एनओसी पत्र लिने गरेको तथ्याङ्क पनि छ । अध्ययन तथा श्रमका लागि भनेर गत आर्थिक वर्षमा आठ लाख नेपाली विदेश गएको तथ्याङ्क छ । विश्वका १७८ देशमा अध्ययन तथा रोजगारीका लागि नेपाली जाने गरेका छन् । प्रतिवर्ष सात लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । जनगणना २०७८ ले करिब २२ लाख नेपाली विदेशमा रहेको देखाएको छ । औपचारिक तथा अनौपचारिक रूपमा विदेश जाने नेपाली करिब ६० देखि ७० लाखसम्म रहेको अनुमान छ । यो हालको जनसङ्ख्याको झन्डै २० प्रतिशत हुन आउँछ । सन् १९९० को दशकमा राजनीतिक तथा आर्थिक क्षेत्रमा
गाई गोठमा आगलागी गाई र बाख्रा जल्यो
काभ्रेपलान्चोक जिल्लाको धुलिखेल र बनेपामा शुक्रवार बिहान आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार जिल्लाको धुलिखेल नगरपालिका( १२ शंखु अधेरीका सुमन जङ्ग थापाको दुई तले कच्ची गोठमा शुक्रवार बिहान विद्युत्को करेन्ट सर्ट भई आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति नभए पनि चौपायातर्फ एउटा गाई र छ वटा बाख्रा जली क्षति भएको प्रहरीले जनाएको छ । थापाको गोठमा लागेको आगलागी बिहान करिब ५:४० बजे नियन्त्रणमा आएको र आगलागीबाट करिब चार लाख नब्बे हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सार्वजनिक जवाफदेहिताको स्तर
जनतासँगको सम्बन्ध सुमधुर बनाइराख्न, शासकीय गतिविधि र प्रक्रियामा जनसहभागिता प्रवर्धन गर्न तथा सरकार र प्रशासनको वैधताका लागि सार्वजनिक जवाफदेहितालाई शासकीय जीवनको अभिन्न पक्षका रूपमा जोड दिन थालिएको छ । सार्वजनिक दायित्व बहन गर्ने व्यक्तिको सदाचारिता र नैतिक आचरणलाई जीवन्त राख्न तथा सार्वजनिक सेवा प्रवाहजन्य कामकारबाहीमा निष्पक्षता कायम गर्नसमेत यसको अनिवार्य आवश्यकता रहन्छ । त्यसैले सार्वजनिक जवाफदेहिता जवाफदेही प्रशासनिक व्यवस्थाको अनिवार्य सर्त हो ।
दुर्घटनाबाट तीन दिनमा लुम्बिनीमा २२ जनाको मृत्यु
फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
काम्लो बुन्दै जयमाया बुढा
दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित डेराको घरमा घरेलु तानमा भेंडाको ऊनको काम्लो बुन्दै ६५ वर्षीया जयमाया बुढा ।
भेंडीगोठको हेरालु कुकुर
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा भेंडीगोठको हेरालु गर्दै गरेको ‘भोटे कुकुर’ । घुम्ती गोठमा जङ्गली जनावरको आक्रमण रोक्न हेरालुको रुपमा भोटे कुकुर पाल्ने गरिन्छ ।
सापकोटा र राईलाई पुरस्कार
नइ प्रकाशनले २०७९ सालको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार प्राज्ञ भारत आसामका नव सापकोटालाई प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ । यसै गरी नइ प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषा साहित्यको भारत दार्जिलिङका स्नेहलता राईलाई नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
एमाले धादिङ अध्यक्षमा त्रिपाठी निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित हुनुभएको छ । आज सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अध्यक्षका लागि प्रतिस्पर्धामा रहनुभएका रामकुमार अधिकारीलाई ७१ मतले पराजित गर्दै त्रिपाठी निर्वाचित हुनुभएको हो ।
नेपाल लिटरेचर फेस्टिभल सुरु
प्राकृतिक सुन्दरतासँगै साहित्यिक रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको छ । पर्यटकीय नगरी पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै स्थानमा जुटाएको छ । फेवातालको किनारको वाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको बताउनुभयो । उहाँले साहित्यिक महोत्सवले पोखरालाई सम्मुनत सहरका रूपमा विकास गर्न थप टेवा पु¥याएको उल्लेख गर्नुभयो ।
उत्पीडनको चित्र ‘मासिन्या’
नेपाल जातीय, भाषिक तथा सांस्कृतिक विविधता मुलुक भएकाले विभिन्न समुदायका आआफ्नै कला, संस्कृति, मूल्यमान्यता र जीवनशैली छन् । जीवनयापनका क्रममा सबै जातजाति तथा समुदायका सामाजिक सङ्घर्ष र पीडाको आफ्नै कथा पनि छन् । तीमध्ये तामाङ समुदायले भोगेका पीडा र गरेका सङ्घर्षको कथा मासिन्या नाटकमा समेट्न खोजिएको छ । कवि राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतले विगत केही समयदेखि आआफ्नो समुदायले भोगेका अन्याय, पीडा र अपमानलाई कवितामार्फत प्रस्तुत गर्दै आउनुभएको थियो । यस पटक भने उहाँहरूले ‘मासिन्या’ नाटकमार्फत आफ्नो समुदायको कथा सुनाउने जमर्काे गर्नुभयो । मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ मा तामाङ समुदायको जीवन, संस्कृति, भाषा र शक्तिका कारण उनीहरूले भोगेका उत्पीडनका व्यथा समेट्न खोजिएको छ । नाटकको शीर्षकले राणाकालीन सामाजिक विभेदलाई स्पष्ट झल्काएको छ ।
बझाङ जिप दुर्घटनाः एकको मृत्यु, दुईजना घाइते
बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् ।
प्रेम र भक्तिको मिश्रण ‘मीरा’
प्रेमिल भाव समेटिएको गीत ‘मीरा’ मा प्रेम र भक्तिको अनुपम उदाहरण बनेकी मीराको कृष्णप्रतिको भक्तिमय प्रेम दर्शाउन खोजिएको छ । यहाँ सार्वजनिक भएको गीतमा निःस्वार्थ प्रेमलाई उच्चतम सम्मान दिँदै प्रेम प्राप्तिमा नभई त्यागमा अमर बन्ने सन्देश दिइएको छ । सविता बस्नेत दानीको शब्द रहेको गीतमा गैरे सुरेशले सङ्गीत दिनुभएको छ भने गायिका विनिशा पौडेलको आवाज सुन्न सकिन्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
माथिल्लो अरुणको परामर्शदाता चयन
नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना सुपरिवेक्षण परामर्शदाता छनोट गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको आयोजना निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टिएमएस) तथा जेड कन्सल्ट, नेपाल छनोट भएका छन् ।
इपिएस भाषा परीक्षा हुँदै
रोजगार अनुमति प्रणाली (इपिएस) कोरियन भाषाको परीक्षा आउँदो फागुन ७ देखि हुने भएको छ । कोरियन भाषा परीक्षा फागुन ७ देखि हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सन् २०२४ लागि उत्पादनतर्फको परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीमा हुने जनाएको छ ।
छ महिनामा सरकारले दियो पैँतालिस अर्ब छुट
सरकारले विगत छ महिनामा विभिन्न मालवस्तुको आयात र करबापत करिब साढे ४५ अर्ब रुपियाँ छुट दिएको छ । त्यसमध्ये विभिन्न मालवस्तुको आयातमा मात्रै ३५ अर्ब रुपियाँभन्दा बढी महसुल छुट प्रदान गरिएको छ । पुससम्म छ खर्ब २१ अर्ब ६८ करोड रुपियाँको मालवस्तु आयात भएकामा ३५ अर्ब ६६ करोड २८ लाख रुपियाँ महसुल छुट प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक ऐन र भन्सार ऐनमा व्यवस्था भएबमोजिम सो बराबरको छुट प्रदान गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
नयाँ भवनमा पत्रकारिता विभाग
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नो भवनमा सरेको छ। यसअघि प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पसको भवनमा सञ्चालित विभागले बुधबार बल्खुको नयाँ भवनमा अध्यापन सुरु गरेको छ। बुधबार त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले नयाँ भवन उद्घाटन गर्नुभयो। उहाँले लामो समयको सङ्घर्षपछि विभागले आफ्नै भवन प्राप्त गरेको उल्लेख गर्दै आधुनिक भवनसँगै शैक्षिक अनुसन्धान भित्र्याउने काम विभागको जिम्मामा आइपुगेको बताउनुभयो। विभागका उपप्राध्यापक एवं भवन निर्माण समितिका संयोजक डा. देवराज अर्यालले उक्त भवन निर्माणमा २१ करोड ५५ लाख ५१ हजार रुपियाँ खर्च भएको जानकारी दिनुभयो।