ठुला पूर्वाधारमा युरोपको लगानी आउने
नेपालमा ठुला पूर्वाधार आयोजनामा युरोपेली सङ्घ (इयू) ले सहयोग क्षेत्र विस्तार गर्ने भएको छ । सहयोग जलवायु परिवर्तनको विश्वव्यापी समस्या र त्यसबाट नेपाललाई परेको असर कम गर्न नवीकरणीय ऊर्जाको क्षेत्रका केन्द्रित हुने भएको छ । त्यसक्रममा युरोपियन इन्भेस्टमेन्ट बैङ्क (इआइबी) ले पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी गृहकार्य भइरहेको नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले जानकारी दिनुभयो । नेपाल र युरोपेली सङ्घबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले लगानीबारे तथ्यगत रूपमा अहिले सबै बताउन नमिल्ने पनि उल्लेख गर्नुभयो ।
गोली प्रहार गरी महिला प्रहरीको हत्या
दाङमा गोली प्रहारबाट एक जना महिला प्रहरीको हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापालाई उहाँका श्रीमान यमबहादुर झाक्री मगरले गोली प्रहार गरेर हत्या गरेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
ह्विलचेयर वितरण गर्दै भूपू सैनिक सम्मेलन सम्पन्न
नेपाली सेनाको श्री नं. २ बाहिनी अड्डा हिले ब्यारेक, धनकुटाको भूतपूर्व सैनिक सम्मेलन २०८० सम्पन्न भएको छ । सम्मेलनमा फरक क्षमता भएका भूपू सैनिकलाई ह्विलचेयर वितरण गरिएको छ ।
नेपाल लिटरेचर फेस्टिभल आजदेखि पोखरामा
प्राकृतिक सुन्दरतासँगै साहित्यिक रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको छ । यतिखेर पर्यटकीय नगरी पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीहरूलाई एकै स्थानमा जुटाएको छ ।
भूमि आयोग र डुडुवा गाउँपालिकाबिच सम्झौता
राष्ट्रिय भूमि आयोग र बाँकेको डुडुवा गाउँपालिकाबिच भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि बिहीबार सम्झौता गरेको छ।
पूर्व प्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई आज धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन मूल समारोह समितिले आज धनगढीमा उहाँलाई नागरिक अभिनन्दन गरेको हो ।
एमाले कैलालीमा नेतृत्वका लागि उम्मेदवारी प्रस्तुत
नेकपा (एमाले), कैलालीको नवौँ अधिवेशन सुरु हुनुअघि नै विभिन्न पाँच पदका लागि दाबेदारी प्रस्तुत भएको छ । फागुन ६ र ७ गते सुख्खडमा हुने जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन हुन अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डेय र यज्ञराज ढुङ्गानाले बिहीबार उम्मेदवारी प्रस्तुत गर्नुभएको हो ।
ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ।
माओवादी केन्द्रको विधान अधिवेशन : सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने
नेकपा (माओवादी केन्द्र) ले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ।
संगीतका साधकलाई नागरिक अभिनन्दन
“अग्रजलाई सम्मान, नव आगन्तुकलाई प्रोत्साहन” भन्ने मूल नारा सहित दैलेखमा अग्रज कलाकार मोहन गौतमलाई नागरिक अभिनन्दन गरिएको छ । सङ्गीत र साधनामै पूरा जीवन समर्पण गर्नुभएका उहाँलाई दैलेख बजारमा अभिनन्दन गरिएको हो ।
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा एनजीओग्राम सेवा
लुम्बिनी प्रादेशिक अस्पतालले बुधाबारदेखि एनजीओग्राम सेवा सुरु गरेको छ । उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन् । एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’परीक्षण गर्ने विधि हो ।
सुझाव समेटेर अध्यक्ष दाहालद्वारा संश्लेषित विधान प्रस्तुत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गर्नुभएको छ ।
सिइओ सरुवाविरुद्ध सर्वोच्चमा रिट
नेपाल पर्वतारोहण सङ्घको प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई मनाङ सरुवा गरेपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
सेवा अवधिको अनुभव राष्ट्र उत्थानमा लगाउन आग्रह
प्रधान सेनापति प्रभुराम शर्माले अवकाश प्राप्त सैनिकहरूलाई सेवा अवधिमा आर्जित ज्ञान, सीप, अनुभव र क्षमता आफ्नो गाउँ घर समाज र राष्ट्रको उत्थानका लागि प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
दुर्गम गुर्जामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन
भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ ।
सर्पको टोकाइबाट महिलाको मृत्यु
झापाको कचनकवलमा सर्पले डस्दा एक जना महिलाको मृत्यु भएको छ । बिहीबार बिहान ११ः३० बजे कचनकवल –१ की ६५ वर्षीया टीकामाया दाहाललाई खेतमा काम गरिरहेका बेला सर्पले डसेको हो ।
दुर्घटनाका घाइते भन्छन् : पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो
“राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठुलो आवाज आयो”, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाउनुभयो ।
विकास निर्माण सरकारको पहिलो प्राथमिकता : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ। स्याङ्जाको चापाकोटमा बिहीबारबाट सुरु भएको ‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’ को शुभारम्भ गर्नुहुँदै मन्त्री गुरुङले देशलाई समृद्ध बनाउनु आफूहरूको दायित्व र कर्तव्य रहेको बताउनु भएको हो।
ऐनअनुसार व्यवस्था गरी पठाउन दललाई आयोगको निर्देशन
निर्वाचन आयोगले राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम गर्न गराउन निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो ।
घोराहीमा ६४ हजार बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप
दादुरा-रुवेला खोप अभियान अन्तर्गत घोराही उपमहानगरपालिकामा ६४ हजार बढी बालबालिकालाई दादुरा-रुवेला रोग विरुद्धको खोप लगाइने भएको छ ।
‘सरकार र सञ्चारमाध्यमबिचको सम्बन्ध सुदृढ हुनुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकार र सञ्चारमाध्यमबिचको सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ ।
माथिल्लो अरुणको परामर्शदाता छनौट
मुलुकको हालसम्मको सबैभन्दा ठुलो परियोजनाका रूपमा रहेको माथिल्लो अरुण जलविद्युत आयोजनाको सुपरिवेक्षण परामर्शदाता छनौट गरिएको छ ।
दोस्रो चापाकोट महोत्सव सुरु
स्याङ्जाको चापाकोटमा दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८० सुरु भएको छ। “हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मूल नाराका साथ बिहीबारबाट महोत्सव सुरु भएको हो ।