• ९ जेठ २०८१, बुधबार

सर्पको टोकाइबाट महिलाको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड, फागुन ३ गते । झापाको कचनकवलमा सर्पले डस्दा एक जना महिलाको मृत्यु भएको छ । बिहीबार बिहान ११ः३० बजे कचनकवल–१ की ६५ वर्षीया टीकामाया दाहाललाई खेतमा काम गरिरहेका बेला सर्पले डसेको हो । 

सर्पले डसेर घाइते भएकी दाहाललाई उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।