• ९ जेठ २०८१, बुधबार

पूर्व प्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन

blog

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिँदै । तस्बिर : शिवराज भट्ट

अविनाश चौधरी

धनगढी, फागुन ३ गते । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई आज धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन मूल समारोह समितिले आज धनगढीमा उहाँलाई नागरिक अभिनन्दन गरेको हो । 

उहाँको ८५ औँ जन्मोत्सवको अवसर पारी नेपालको राजनीति र साहित्यमा गर्नुभएको योगदानको कदरस्वरुप नागरिक अभिनन्दन गरेको आयोजकले जनाएको छ । समारोहमा विभिन्न साहित्यकारले पूर्व प्रधानमन्त्री चन्दको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभएको थियो । उहाँलाई धनगढीमा रथयात्रा पनि गराइएको छ । 

चन्दको जन्म विसं. १९९६ फागुन ३ गते बैतडीको कुरकुटिया गाउँमा भएको थियो । २०२५ सालबाट औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्नुभएका उहाँ २०४०, २०४६, २०५३ र २०५८ मा गरी चार पटक नेपालको प्रधानमन्त्री हुनुभयो । चन्द राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध हुनुहुन्थ्यो ।