नेपाल नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
विकास बजेट खर्च न्यून
चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च प्रगति न्यून देखिएको छ । कुल १७ अर्ब एक करोड ५१ लाख रुपियाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले माघ मसान्तसम्म दुई अर्ब ५१ करोड २१ लाख (१४.८२ प्रतिशत) रुपियाँ बजेट मात्रै खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यही अवधिमा चालु खर्च भने तीन अर्ब १६ करोड आठ लाख रुपियाँ (२६.५०) पुगेको छ । चालु आवमा पाँच अर्ब ६८ करोड ३० लाख रुपियाँ (१९.४३ प्रतिशत) खर्च गरेको छ ।
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर
नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियामा बुधबार साँझ दुईवटा भारतीय मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सडक सञ्जालमा जोडिँदै गाउँबस्ती
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिकाका सबै गाउँबस्ती तथा वडा सडक सञ्जालमा जोडिएका छन् । सडक सञ्जालका कारण दैनिक उपभोग्य सामग्री घरमै ढुवानी गर्न सहज भएको छ । गाउँपालिकाले पनि सडक निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गर्दै आएको बताइएको छ । दैनिक उपभोग्य सामग्री ल्याउन एक महिना लाग्थ्यो । अहिले घरछेउबाटै सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका–१ का अनोज धामीले बताउनुभयो ।
‘मनास्लु स्याउ ब्राण्डिङ गर्दैछौं’
गोरखाको गोरखा जिल्लाको हिमाल पारिको विकट गाउँपालिका चुमनुब्री साविकका सामगाउँ, ल्हो, प्रोक, बिही, छेकेम्पापर, चुम्चेत र सिर्दिबास गाउँ विकास समिति मिलेर बनेको हो । बुढीगण्डकी नदीको पश्चिमी भागमा पर्ने यो गाउँपालिका समुद्री सतहबाट एक हजार दुई ३९ मिटरदेखि आठ हजार एक ६३ मिटरसम्मको उचाइमा अवस्थित छ । नेपालको आठौँ उच्च शिखर मनास्लु हिमाल (८१६३ मिटर) यही गाउँपालिकामा पर्दछ । कुल जनसंख्या नौ हजार दुई सय ८९ जना रहेको यो गाउँपालिकामा गएको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट निमा लामा अध्यक्षमा चुनिनुभएको छ । गाउँपालिकाको समग्र विकास र गतिविधिबारे गोरखापत्रका सुलीकोट (गोरखा) समाचारदाता गुणबहादुर रोकाले गर्नुभएको कुराकानी :
दश मृतकमध्ये तीनको सनाखत, ३० घाइतेको पहिचान खुल्यो
कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुने १० जनामध्ये तीन जनाको सनाखत भएको छ । साथै घाइते ३० जनाको पहिचान खुलेको छ ।
प्रणय दिवसका दिन सम्बन्धविच्छेद
पछिल्लो समयमा नेपालमा प्रणय दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलनसँगै विभिन्न विकृति पनि भित्रिएका देखिन्छन् । यही प्रणय दिवसमा नवलपुर गैँडाकोट–१२ का एक दम्पती भने सम्बन्धविच्छेद गर्न भन्दै न्यायालयको ढोका ढकढक्याउन जिल्ला अदालत नवलपुरमा पुग्यो । सहज र सुखी जीवनको खोजीमा धेरै महिला तथा पुरुषले सम्बन्धविच्छेदको बाटो रोजे जस्तै आफूहरूले पनि सम्बन्धविच्छेद गरेको रेनु दमाईं र सन्तलाल परियारको भनाइ छ । जीवनभर सँगै रहने वाचासहित विवाहको पवित्र बन्धनमा बाँधिएको र सँगै बाँच्ने कसम खाएर जोडिएको सम्बन्ध प्रणय दिवसका दिन तोडिएको सन्तलाल बताउनुहुन्छ ।
चितुवाको आक्रमणबाट ढकाल दम्पत्ति घाइते
चितुवाको आक्रमणबाट गएराति स्थानीय ६६ का हेमन्तप्रसाद ढकाल र उहाँकी श्रीमती ६० वर्षीया साबित्री ढकाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालमा मानवीय सहयोग जारी रहन्छ , विपद् पीडितलाई नगदै सहयोग : आइएफआरसी
बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो ।
एमाले धादिङको नेतृत्वका लागि आज मतदान
गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन सुरु भएको छ ।
सम्पदाको संवेदनशीलता
कुनै पनि मुलुकको समृद्धिको मापन त्यस मुलुकले गरेको भौतिक विकास मात्र होइन । त्यस मुलुकको भाषा, साहित्य, कला र संस्कृतिको महत्व भौतिक विकासभन्दा पनि अमूल्य मानिँदै आएको छ । मुलुकको विशिष्ट पहिचानको रूपमा रहने यस्ता कुरालाई विश्वको साझा निधिको रूपमा हेरिन्छ । मुलुकका यस किसिमका ऐतिहासिक सम्पदा पर्यटकीय दृष्टिले झनै बढी महìवपूर्ण हुने हुँदा पर्यटन उद्योगबाटै समृद्धि हासिल गरेका मुलुक धेरै छन् । नेपालमा विद्यमान सम्पदा पनि विश्वका सम्पदाहरूको तुलनामा कम महत्वका छैनन् । केवल प्रचारप्रसार र संरक्षणको कमीका कारण पर्यटकीय प्रवर्धन हुन सकिरहेको छैन ।
धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक : स्तरोन्नति गरिँदै
बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो ।
गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ ।
वैदेशिक लगानीका सम्भावना
वैदेशिक लगानी एक देश वा संस्थाले अर्को देशमा गरिने लगानी हो । विशेष गरी विकासोन्मुख देशका लागि यसको उपादेयता अत्यन्त ज्यादा रहन्छ । लगानी आएको देशका लागि त्यहाँको स्रोतसाधनको परिचालनमा यसले थप सहयोग प्रदान गर्छ । यसबाट नयाँ व्यवस्थापकीय तौरतरिकाको प्रयोग हुन्छ । वित्तीय स्रोतसाधन भित्रिन्छ र बजारमा पहुँच प्राप्त हुन्छ । नयाँ नयाँ प्रविधिमार्फत सम्बन्धित देशको विकासको गतिमा तीव्रता आउँछ । यसबाट वस्तु र सेवाको उत्पादनमा सुधार हुन्छ । आवश्यकता अनुसार राष्ट्रको हितमा प्रयोग गर्ने वातावरण बन्छ । विकासको संवाहकका रूपमा विदेशी लगानीलाई स्वीकार गर्नु पर्छ । यसका लागि खुला र एकीकृत बजार व्यवस्थाको आवश्यकता पर्छ । आधुनिकीकरण, आर्थिक विकास र औद्योगिक विकासका लागि वैदेशिक लगानी अपरिहार्य प्रमाणित भ
आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन
अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरुहुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ ।
उपकुलपति छनोटको मानक
त्रिभुवन विश्वविद्यालयको उपकुलपति कुलपतिले खुला प्रतिस्पर्धाबाट छनोट गर्ने अभ्यास प्रारम्भ भएको छ । यो अभ्यासले अब विश्वविद्यालयमा रेक्टर, रजिस्ट्रार, डिनलगायतका सार्वजनिक पदमा समेत यहीँ विधि अपनाउनु पर्छ भन्ने मान्यता स्थापित गर्ने आधार तय भएको छ । यो नै विश्वविद्यालय सुधारको प्रस्थान बिन्दु बन्ने छ । मानवीय चेत सकारात्मकभन्दा नकारात्मक भावनाबाट बढी ग्रसित हुने गर्छ । प्रधानमन्त्री एवं कुलपतिको यो कदमबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । प्राज्ञ–विज्ञका रायसहित आवेदनकर्ताका बारेमा समेत पत्रपत्रिकामा समाचार मात्र आएका छैनन् संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा समेत बहस भइरहेको छ । यसले सकारात्मक सन्देश प्रवाह गरेको छ ।
दादुरा–रुबेला नियन्त्रणमा खोप
विश्व स्वास्थ्य सङ्गठन र अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सन् २०२३ पछि बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् । प्रतिवेदनमा सन् २०२२ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेको र मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको जनाइएको छ । युरोपमा दादुराको सङ्क्रमण सन् २०२२ मा ९४१ जनामा देखिएको थियो भने पछिल्लो वर्ष ३० गुणाले बढेर ३० हजारभन्दा बढीमा सङ्क्रमण देखियो । धेरै वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्दै जाँदा विश्वका हरेक भागमा सङ्क्रमण देखा परिरहेको छ । तथापि अधिकांश सङ्क्रमण यमन, भारत र काजकस्तानमा देखा परेको छ । विश्वमा दादुरा भएका मानिसको अनुमानित सङ्ख्या ९० लाख र मृतकको सङ्ख्या एक लाख ३६ हजार पुगेको छ । तीमध्ये अधिकांश बालबालिका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
विकास बैङ्क र फाइनान्सलाई कारबाही
नीति निर्देशन पालना नगरेको भन्दै नेपाल राष्ट्र बैङ्कले तीन विकास बैङ्क र तीन वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नारायणी डेभलपमेन्ट बैङ्क, मुक्तिनाथ विकास बैङ्क, सप्तकोशी डेभलपमेन्ट बैङ्क, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सलाई राष्ट्र बैङ्कले कारबाही गरी जरिबाना पनि तिराएको हो ।
आरोग्यताका लागि मुद्रा–प्राणायाम
हिन्दु विद्यापीठका संस्थापक डा. चिन्तामणि योगीले अहिले देखिएका सामाजिक परिवेश र मानिसको प्रविधिप्रतिको बढ्दो लगावका बेला योग ध्यान जस्ता कुराको महत्व झन् बढेको बताउनुभएको छ । बुधबार राजधानीमा ‘आरोग्यताका लागि मुद्रा–प्राणायाम’ पुस्तक विमोचन गर्दै उहाँले नेपाल वेद, रामायण, त्रिपिटक जस्ता ग्रन्थ र दर्शन जन्माउने देश भएको उल्लेख गर्दै कतिपय विकसित देशमा समेत हाम्रो योग र ध्यान पद्धतिबारे व्यापक चर्चा र चासो हुने गरेको बताउनुभयो । कार्यक्रममा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले अहिले समाजमा देखिएको एक प्रकारको निराशालाई चिर्न पनि योग र ध्यान आवश्यक रहेकाले त्यसलाई चिर्न पुस्तक प्रभावकारी हुने बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तमाङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तमाङ भाषा
‘टोपी उनैको’ बजारमा
सङ्गीतकार तथा निर्देशक डिआर सुजनले ‘टोपी उनैको’ बोलको गीत बजारमा ल्याउनुभएको छ । गीतमा गायिका आयुषा गौतम र अञ्जु विश्वकर्माले उहाँलाई साथ दिनुभएको छ ।
नेपाल सङ्गीत विद्यालयमा स्नातक तह अध्यापन
नेपाल सङ्गीत विद्यालयले स्नातक तहको सङ्गीतको अध्ययन गराउने भएको छ । नेपाल म्युजिक सेन्टर शैक्षिक गुठी तथा गुठीद्वारा सञ्चालित नेपाल सङ्गीत विद्यालयको १८ औँ वार्षिक उत्सव कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । गुठीका अध्यक्ष तथा लोक सेवा आयोगका पूर्वअध्यक्ष तीर्थमान शाक्यको अध्यक्षतामा बुधबार सम्पन्न कार्यक्रममा प्रवीणता प्रमाणपत्र तहको अध्ययन गराइरहेका विद्यालयमा स्नातक तह पनि अध्ययन अध्यापन गर्ने भएको जनाएको छ ।
चित्रकला कार्यशाला तथा कला प्रदर्शनी
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दोस्रो चरणको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले यही फागुन ५ देखि १७ गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बबरमहलस्थित ललितकला परिषद्मा उक्त कार्यशालाको आयोजना गर्न लागेको हो । नगर प्रमुख तीर्थराज भट्टराईका अनुसार यसअघि गत असोज १७ देखि २१ सम्म आयोजना भएको पहिलो चरणको चित्रकला कार्यशालाबाट १७० हाराहारीमा तयार भएका चित्रकलालाई प्रदर्शनमा राखिने र दोस्रो चरणको कार्यशालामा ५० देशका चित्रकारले क्यानभासमा प्रत्यक्ष चित्रकला तयार पार्ने छन् । उहाँले भन्नुभयो, “जिल्लाका दस वटै पालिकाभित्र रहेका प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीलगायतका कला, संस्कृति र पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले चित्रकला कार्यशालाको आयोजना गरिन लागेको हो ।