• १४ वैशाख २०८२, आइतबार

चितुवाको आक्रमणबाट ढकाल दम्पत्ति घाइते

blog

चितुवाको आक्रमणपछि प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा हेमन्तप्रसाद ढकालको उपचार हुँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, फागुन ३ गते ।
मकवानपुरको थाहा नगरपालिका वडा नं.२ अँगारेटोलमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट गएराति स्थानीय ६६ का हेमन्तप्रसाद ढकाल र उहाँकी श्रीमती ६० वर्षीया साबित्री ढकाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ढकाल दम्पत्ति चितुवाको आक्रमणबाट घाइते भएपछि स्थानीयले चितुवा उपर प्रतिकार गर्ने क्रममा चितुवा भाग्दै जाँदा नजिक रहेको पुड्खेल खोलाको ग्याविन वालमा ठोक्किन गई उक्त चितुवाको मरेको थियो ।


घाइते दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भएको छ । हेमन्तप्रसादको शरीरको विभिन्न भागमा चोट लागेको र साबित्रीको दाहिने हातको कुहिनामा चोट लागेको छ ।

मरेको चितुवाको व्यवस्थापनका लागि सव डिभिजन वन कार्यालय पालुङ मकवानपुरका वन कर्मचारीहरुले आवश्यक कानुनी प्रक्रिया सुरु गरेको जनाइएको छ ।