बयरको व्यावसायिक खेती सुरु
मोरङको कानेपोखरी–३, हरकपुरमा नेपाल मै पहिलो पटक व्यावसायिक बयर खेती सुरु गरिएको छ । धरानका व्यवसायी विनोद अग्रवालले बयरको आयात उच्च भएको अध्ययन गरेपछि बयरको व्यावसायिक खेती सुरु गर्नुभएको छ । खास गरी सरस्वती पूजालगायतका चाडमा नेपालमा विभिन्न जातका बयरको आयात हुने गरेको छ । अग्रवालले आफ्नै पाँच बिघा जग्गामध्ये साढे चार बिघा खेतमा एक हजार बिरुवा लगाउनुभएको हो । जसमध्ये सात सय बिरुवाले उत्पादन दिन थालेका छन् । भारतको हरियाणाबाट प्रतिबिरुवा एक सय रुपियाँका दरले ल्याएका बिरुवा उहाँले गत वर्षको चैतमा रोप्नुभएको थियो । ती बिरुवाले रोपेको १० महिनामा उत्पादन दिन थालेका छन् ।
तीन करोड पचास लाखको रातो गुलाफको कारोबार
प्रणय दिवसका अवसरमा खपत हुने स्टिम गुलाफका लागि पनि भारतकै भर पर्नु पर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले प्रणय दिवसमा नेपालमा माग हुने स्टिम गुलाफमध्ये ९० प्रतिशत भारतको भर पर्नुपर्ने अवस्था रहेको जनाएको छ । फ्यानका अनुसार प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेकोमा ३५ हजार गुलाफ स्वदेशमा उत्पादन हुन्छ भने बाँकी तीन लाख १५ हजार स्टिम गुलाफ भारतबाट आयात गर्नु पर्छ । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले स्टिम गुलाफको मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको बताउनुभयो ।
सात महिनामा चार लाखभन्दा बढी बिदेसिए
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा युएई पहिलो श्रम गन्तव्य देश बन्न पुगेको हो । चालु आवको सात महिनामा चार लाख पाँच हजार ५५२ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि एक लाख एक हजार ४६१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ ।
कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु, २० घाइते
कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
सुनको मूल्यमा उच्च गिरावट
स्थानीय बजारमा बुधबार सुनको मूल्य एकै दिन तोलामा एक हजार दुई सय रुपियाँले घटेको छ । मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार घटेर एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साना जलविद्युत् र सौर्य आयोजनाको थप पिपिए हुने
नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटभन्दा साना क्षमताका आयोजनाको कोटारहित विद्युत् खरिद गर्ने भएको छ । त्यस्तै करिब सात मेगावाटसम्म थप सौर्य आयोजनाको पनि विद्युत् खरिद सम्झौता गर्ने भएको छ । प्राधिकरणले स्वदेशी साना लगानीकर्ताको विद्युत्मा लगानी प्रोत्साहन गर्न भन्दै सञ्चालक समितिमार्फतनिर्णय गरेको हो । निर्णय अनुसार अब १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा नै खरिद गरिने छ ।
खगेन्द्र नवजीवन केन्द्रको बेथिति : आश्रितले पाउँदैनन् आधारभूत सुविधा
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा सरकारले दिने बजेट र संस्थाको आम्दानी २७ करोड ३९ लाख रुपियाँ छ । केन्द्र र चार शाखामा गरी १३३ जना अपाङ्गता भएका र अति अशक्त व्यक्ति आश्रित छन् । वार्षिक बजेट अनुसार प्रतिव्यक्ति २० लाख ५९ हजार ८८० रुपियाँ संस्थालाई प्राप्त हुन्छ ।
मृतकका परिवारलाई रुसले क्षतिपूर्ति दिने
रुसको सेनामा भर्ती भएर युद्धका क्रममा मारिएका नेपाली नागरिकले पाउनुपर्ने क्षतिपूर्ति सरकारी संयन्त्रबाटै आउने भएको छ । रुस सरकारले गरेको यो निर्णयसँगै हालसम्म रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले क्षतिपूर्ति पाउने तय भएको छ ।
बदलियो नेपालीको खर्च शैली
आम्दानीको अधिकांश हिस्सा खाद्यान्नमा खर्च गर्ने नेपालीको शैलीमा परिवर्तन देखिएको छ । विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय टिक्ने गैरखाद्य वस्तुको खरिदतर्फ मोडिएको पाइएको हो । हालै सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षणमा विगत एक दशकको अन्तरमा खर्च खाद्यान्न र गैरखाद्यान्नमा नेपालीले करिब आधा आधा खर्च गर्ने तथ्य सार्वजनिक भएको हो । सर्वेक्षण अनुसार सन् २०११ मा कुल खर्चको ६२ प्रतिशत खाद्यान्नमा खर्च गर्ने नेपालीले सन् २०२२ सम्म आइपुग्दा त्यस्तो खर्च घटाएर ५३ प्रतिशतमा सीमित गरेका छन् । गैरखाद्यान्नमा सन् २०११ मा ३८ प्रतिशत खर्च गर्ने नेपालीले सन् २०२२ सम्म बढाएर ४७ प्रतिशत पुर्याएका छन् ।
भासिए बस्ती, जङ्गलमै बास
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती भासिएका छन्। गत कात्तिक १७ गतेको भूकम्पले २५ घरधुरी रहेको मङ्ग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको कामसमेत प्रभावित बनेको छ। अहिले मङ्ग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावित अझैसम्म घर फर्केर बस्न सकेका छैनन्। उनीहरू नजिकैको जङ्गलको बिचमा दिनरात काटिरहेका छन्।
स्कारपियोको ठक्करबाट दिदीबहिनीको मृत्यु
दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट एकैघरका दिदी बहिनीको मृत्यु भएको छ । स्कारपियोले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ बर्षीया राधा बस्नेत र उहाँकी बहिनी १६ बर्षीया विपना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।
सुदूरपश्चिम र कोहलपुर मेयर ११ फाइनलमा
सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ पुगेका छन् ।
कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा
नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।
सिकलसेल औषधीलाई ‘सुबिधा थैली’मा समेट्न आग्रह
लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ ।
विद्युत सर्ट भइ आगलागी हुँदा क्षति
कैलालीको धनगढी उपमहानगरपालिका –३ चटकपुरस्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ ।
विशेष क्षमताका विद्यार्थीका लागि विद्यालय
नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले छाउनीमा वरदान सैनिक विशेष दिवा विद्यालय निर्माण गरिएको छ ।
‘सलीना’ चैत १६ मा रिलिज हुने
सरस्वती पूजाको अबसर पारेर चलचित्र सलीनाको प्रदर्शन मिति सार्वजनिक गरिएको छ । सलीना आउने चैत १६ गते नेपालका मल्टिप्लेक्स सिनेमा घरहरुमा प्रदर्शन हुने बताइएको छ ।
‘अर्थतन्त्रको विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’
मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको आज पोखरामा आयोजित २१ औँ वार्षिक साधारणसभामा सहभागी सरोकारवालाले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हाँसिल गर्न सकिने धारणा राख्नुभयो ।
आन्तरिक लोकतन्त्र र नियमको पालना हुनुपर्छ : प्रमुख थपलिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताउनुभएको छ ।
कोटेश्वर क्याम्पसको ३४औँ वार्षिकोत्सव
कोटेश्वर बहुमुखी क्याम्पसले ३४औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बुधबार आयोजना गरिएको क्याम्पसको वार्षिकोत्सव कार्यक्रमको त्रिभुवन विश्वविद्यालयका उपकुपति प्रा.शिवलाल भुसालले सरस्वतीको प्रतिमामा माल्यार्पण गरेर सुभारम्भ गर्नुभएको थियो ।
२०८१ सालको दशैं असोज २६ गते, भाइटिका कात्तिक १८ गते
२०८१ सालकाे दशैंकाे टीका असोज २६ गते परेको छ । तिहारकाे भाइटीका कात्तिक १८ गते परेको छ ।
पार्टी छरितो र क्रियाशील बनाउन माओवादी नेतृत्वलाई सुझाव
नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउन नेता कार्यकर्ताले सुझाव दिनुभएको छ ।
मुद्रा प्राणायाम पुस्तक सार्वजनिक
सामाजिक सचेतन मञ्च प्राकृतिक चिकित्सा सेवा केन्द्रले प्रकाशन गरेको मुद्रा प्राणायाम पुस्तक बुधबार राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।
चोकमा हाइमास्ट लाइट जडान हुने
बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक र चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्ने भएको छ ।