• ९ जेठ २०८१, बुधबार

विद्युत सर्ट भइ आगलागी हुँदा क्षति

blog

फाइल तस्विर

अविनाश चौधरी

धनगढी, फागुन २ गते । कैलालीको धनगढी उपमहानगरपालिका –३ चटकपुरस्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ । 

विद्युत सर्ट भएर खेमराज पनेरुको घरमा आज आगलागी भएको हो । आगलागीबाट घर भाडामा बस्दैआएकी गोदावरी नगरपालिका –३ की शान्ति रोकायाको फ्रिज, टिभी, दराज, भाँडावर्तन लगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीको कमाण्डमा खटेको प्रहरी टोली र स्थानीयवासीले मिलेर आगो नियन्त्रणमा लिइएको छ ।