• १४ वैशाख २०८२, आइतबार

नेपाल र भारतको मित्रता प्रगाढ छ : मन्त्री गुप्ता

blog

भारतको विहार सरकारका पंचायती राज विभाग मन्त्री केदार प्रदास गुप्तालाई सम्मान गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी। तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, वैशाख १३ गते। भारतको विहार सरकारका पञ्चायती राज विभाग मन्त्री केदार प्रदास गुप्ताले नेपाल र भारतको बिचको मित्रता प्रगाढ रहेको भन्दै यसलाई अझै सुदृढ र मजवुत बनाएर अगाडि बढनु पर्ने बताउनुभएको छ। 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबार कानू समाज नेपालले आयोजना गरेको शपथ ग्रहण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले रामायणकालीन भगवान राम सीताको विवाहको प्रसंग उल्लेख गर्दै  नेपाल र भारत बिचमा ऐतिहासिक धार्मिक सांस्कृतिक सम्बन्ध रहेकोले यसलाई कसैले तोडन नसकिने बताउनुभयो। 

उहाँले भारत नेपालको विकासको लागि सदैव प्रतिबद्ध रहेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको साथसाथै नेपाल र नेपालीको विकास चाहेको बताउनुभयो। उहाँले हरेक जातिय संगठनले समाज सुधारका लागि काम गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो। 


कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जातिय संगठनहरुले समाज सुधारको काममा लाग्नु पर्ने भन्दै समाजमा हुने गरेको विकास निमार्णका काममा लाग्नुपर्नेमा जोड दिनुभयो। 

कानू समाज नेपालका अध्यक्ष उदय चन्द्र साहको अध्यक्षतामा भएको सो कार्यक्रममा शंकर साहको नेतृत्वमा चायन भएका कानून समाज नेपालको जनकपुरधाम नगर समिति र संतोष साहको नेतृत्वमा चायन भएको युवा समितिका पदाअधिकारी र सदस्यलाई शपथ ग्रहण गराइएको थियो।