व्यवस्थित बन्दै कारागार अस्पताल, छ महिनामा २० हजार कैदीबन्दीको उपचार
नेपालकै सबैभन्दा ठूलो र पुरानो कारागार जगन्नाथदेवल सुन्धारामा सञ्चालित केन्द्रीय कारागार अस्पतालमा छ महिनामा २० हजार कैदीबन्दीले उपचार गरेका छन् ।
निजामती सेवा : सङ्घ र प्रदेशका कानुन बाझिए, कर्मचारी अन्योलमा
कृषि ज्ञान केन्द्र सप्तरीको प्रमुखबाट गत भदौ ३० गते सेवानिवृत्त हुनुभएका राजेन्द्रप्रसाद यादवले अहिलेसम्म पनि अवकाश पत्र पाउनुभएको छैन ।
धार्मिक र सामाजिक सद्भावको मेला सुरु
हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला बुधबारदेखि सुरु भएको छ ।
पाथीभरामा माघमा २४ लाख भेटी सङ्कलन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा माघमा मात्रै चौबीस लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ ।
एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमुना बनाइँदै जीवनज्योति
शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ ।
बाइडेनको आग्रहका बावजुद अमेरिकी सदनका नेताद्वारा युक्रेनको सहयोग अस्वीकार
अमेरिकी प्रतिनिधि सभाका रिपब्लिकन नेताले रूसी नेता भ्लादिमिर पुटिनविरुद्ध उभिनका लागि युक्रेनलाई युद्ध सहायता प्रदान गर्न आवश्यक रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई बेवास्ता गर्दै मङ्गलबार युक्रेनका लागि युद्ध सहायता रोक्नुभएको छ ।
विधानमाथि सामूहिक छलफल जारी, २ बजे निष्कर्ष पेस गरिने
नेकपा (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो ।
कोहलपुर मेयर ११ फाइनलमा
कोहलपुर मेयर ११ को टोली सुशील कोइराला मेमोरियल यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
खारेज गरिएका कार्यालय धाउँदै सेवाग्राही, अलमलमा सेवा प्रदायक
सरकारले निर्देशनालय खारेज गर्दै कर्णाली प्रदेश निजामती सेवा नियमावलीबाटै हटाएको छ ।
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ ।
अनिल र देवलाई समेट्दै लिग–२ टोलीको घोषणा
विकेटकिपर अनिल साह र युवा खेलाडी देव खनाललाई समेट्दै आईसीसी विश्वकप लिग–२ क्रिकेट टोलीको घोषणा गरिएको छ ।
तनहुँमा २२ जनाले लिए गैरआवासीय नागरिकता
तनहुँबाट २२ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमका अनुसार हालसम्म २२ वटा गैरआवासीय नेपाली नागरिकता जारी भएका छन् ।
उपचारमा ढिलाे गरे जन्मजात मुटुरोग निको पार्न गाह्रो हुन्छ : डा. शर्मा
बालबालिकामा जन्मजात विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गर्छन् । तीमध्ये जन्मजात मुटुरोग पनि एक हो । बालमुटु रोग विशेषज्ञ डा. पुनम शर्मा विश्वमा जीवित जन्मिएकामध्ये एक प्रतिशतमा जन्मजात मुटुरोग हुने बताउनुहुन्छ ।
टाटा सुमोमा लुकाई राखेको चार सय ६ केजी गाँजा बरामद
सुनसरीको वराहक्षेत्र ९ राजाबासस्थित कोशी किनारमा टाटा सुमो गाडीमा लुकाई राखेको ४०६ केजी ९४० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
कपिलवस्तुमा पुरुष बन्ध्याकरण गर्नेको सङ्ख्या न्यून
कपिलवस्तुमा स्थायी बन्याकरण गर्ने पुरुषको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा सुनौलो परिवार नेपाल (मेरि स्टोप्स) को प्राविधिक सहयोगमा विभिन्न पालिकामा सञ्चालित घुम्ति शिविरबाट सो तथ्याङ फेला परेको हो ।
तेल बोक्ने ट्याङ्करमा ५९४ केजी गाँजा
साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । डिजेल/पेट्रोल बोक्ने ट्याङकरमा गाँजा धरानतर्फ लैजाँदै गदै गर्दा तीन भारतीय र एक जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका (फोटो फिचर)
आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी । आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लीन छविलाल
तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आउनुभएको छ । स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी उहाँले बेच्ने गर्दै आउनुभएको छ ।
आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै बागलुङको बेलढुङ्गा
चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो ।
तनहुँमा १७ प्रतिशत मात्रै खर्च
तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च कछुवा गतिमा देखिएको छ । सात महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।
करोड बढी रकम अपचलन गर्ने प्रभु बैङ्कका कर्मचारी विरुद्ध मुद्दा दर्ता
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले एक करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ । बैङ्कको अप्रेसन इन्चार्ज पदमा कार्यरत नीरजविक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको ।
‘सुनको कचौरामा भिख माग्ने अवस्था उल्टिन्छ’
कैलाली तराईको जिल्लाका रूपमा परिचित छ तर यही जिल्लाको झन्डै आधा भूभाग पहाडी क्षेत्रमा रहेको छ । १३ वटा पालिकामध्ये चुरे र मोहन्याल पहाडी क्षेत्र समेटेर बनाइएका पालिका हुन् । ६२६.९५ वर्ग किलोमिटरमा फैलिएको मोहन्याल कैलालीको सबैभन्दा ठुलो र विकट पहाडी पालिका हो । यो पालिकाको जनसङ्ख्या करिब २२ हजार छ । नेकपा (माओवादी केन्द्र) का ३६ वर्षीय युवानेता देवीदत्त उपाध्याय पालिका अध्यक्ष हुनुहुन्छ । प्राकृतिक स्रोतको धनी मोहन्याललाई सुनको कचौराका रूपमा वर्णन गरिएको छ । अब सुनको कचौरामा भिख माग्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता गरिरहनुभएका पालिकाका अध्यक्ष उपाध्यायसँग
दशगजामा भारतीय पक्षले निर्माणको काम रोकियो
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले इलामको सूर्योदय–२ स्थित पुल खोलाको दशगजामा निर्माण गर्दै गरेको पक्की संरचना काम तत्कालका लागि रोकिएको छ ।
अझै हटेन ‘हरवाचरवा’ प्रथा
सिरहाको सखुवानानकरपट्टी गाउँपालिकामा रहेको मुसहर समुदाय अहिले पनि हरवाचरवाका रूपमा काम गर्न बाध्य छ । सखुवा–४ का मुसहर समुदायको पीडा अन्य वडाका मुसहर समुदायको भन्दा फरक छ ।