• १५ मंसिर २०८१, शनिबार

तनहुँमा २२ जनाले लिए गैरआवासीय नागरिकता

blog

जिल्ला प्रशासन कार्यालय तनहुँको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन २ गते ।
तनहुँबाट २२ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमका अनुसार हालसम्म २२ वटा गैरआवासीय नेपाली नागरिकता जारी भएका छन् ।

सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण/नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता–नागरिक भएको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैरआवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था छ ।

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको कार्यालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठमा नागरिकतासम्बन्धी संशोधन ऐन प्रमाणीकरण तथा भदौमा मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि गैरआवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको थियो ।

प्रजिअ गौतमले भन्नुभयो, ‘‘गैर आवासीय नागरिकताको बारेमा चासो राख्दै विदेशमा रहेका नेपाली तथा उनिहरुका आफन्त दिनहुँ कार्यालयमा आउने गरेका छन् ।’’