• २४ वैशाख २०८१, सोमबार

स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका (फोटो फिचर)

blog

राजधानीको स्वयम्भूस्थित सरस्वती मन्दिर परिसरमा बालबालिकाहरु अक्षरारम्भ गर्दै । तस्बिर : सुजन गुरुङ

काठमाडौं, फागुन २ गते । आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी । आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ ।

आज काठमाडौंमा सरस्वती मन्दिरहरू जस्तै नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका सरस्वती मन्दिर अनि विद्याका केन्द्र विद्यालयहरूमा जमघट रहन्छ । बुधबार स्वयम्भूस्थित सरस्वती मन्दिर परिसरमा बालबालिकाहरुले अक्षरारम्भ गरेका छन् ।


यसैगरी, पशुपतिमा रहेको सरस्वतीको मूर्ति जसलाई बुद्धमार्गीहरुले मञ्जुश्रीका रूपमा पनि पूजा गर्छन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसका कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।